माङ्सेबुङः यो वर्षको “आत्मानन्द कप” पुरुष फुटबल प्रतियोगिता आउँदो मंसिर ८ देखि हुने भएको छ ।
किरात धर्मगुरू मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७० औं जन्मोत्सवको अवसरमा हुने प्रतियोगिता यो वर्ष मंसिर २० गते सम्पन्न हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यस वर्षको प्रतियोगितामा नेपाल, भारत र भुटान गरी आठ क्लबहरुको सहभागीमा माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा संचालन हुनेछ ।
प्रतियोगितामा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ, गोलबजार स्पोर्टिङ क्लब सिराहा, माङ्सेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटानको सहभागिता रहने आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी गराए ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार एक सय ७० उपविजेताले ट्रफीसहित २ लाख ५ हजार एक सय ७० हात पार्नेछन् । गत वर्ष आत्मनन्द कप छथर गाउँपालिका तेह्रथुमले हात पारेको थियो ।
अतिरिक्त खेलतर्फ म्याराथन, पक्लुङ लेप्मा (छेलो हान्ने), धनुकाड , भलिबल, हाडी फुटाउने, कराँतेलगायतका खेल आयोजना हुने भएको छ ।