माङ्सेबङका २ हजार ५ सय ८८ जनाले पाए जग्गाधनी प्रमाण पुर्जा पाउँने निस्सा


सेवारो खबर  214 पटक हेरिएको

इलाम : माङ्सेबुङ गाउँपालिकाले २ हजार ५ सय ८८ जना लगत प्रविष्टीको निस्सा दिएको छ ।

पालिकाको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लगत प्रविष्टीको निस्सा दिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।

पालिकाले २४ जना भूमिहीन दलित, २ सय २८ जना सुकुम्बासी र २ हजार ३ सय ६ जना अव्यवस्थित बसोबासीलाई निस्सा दिएको छ ।

गाउँपालकिाको १ नम्बर वडाका एक सय ३० जनाले निस्सा पाएका छन् । यसमा १३ जना सुकुम्बासी र एक सय १७ अव्यवस्थित बसोबासीले निस्सा पाएको जनाईएको छ ।

२ नम्बर वडाका ४ सय १७ जनाले निस्सा पाएका छन् । यो वडामा ८ जना भूमिहीन दलित, ११ सुकुम्बासी र ३ सय ९८ जना अव्यवस्थित बसोबासी रहेका छन् ।

३ नम्बर वडाका ५ सय ५७ जनाले निस्सा पाएका छन् । यहाँ ९ जना भूमिहीन दलित, ११ सुकुम्बासी र ५ सय ३९ जना अव्यवस्थित बसोबासी छन् ।

४ नम्बर वडाका ४ सय १३ जनाले निस्सा पाएका छन् । यो वडामा ७ जना भूमिहीन दलित, १ सय ४७ सुकुम्बासी र २ सय ५९ जना अव्यवस्थित बसोबासीले निस्सा पाएका छन् ।

५ नम्बर वडामा ५ सय ८९ जनाले निस्सा प्राप्त गरेका छन् । यहाँ ३६ भूमिहीन र ५ सय ५३ जना अव्यवस्थित बसोबासीले निस्सा पाएका छन् ।

६ नम्बर वडाका ३ सय ८७ जनाले निस्सा पाएका छन् । जसमध्ये ९ जना भूमिहीन सुकुम्बासी र ३ सय ७८ जना अव्यवस्थित बसोबासीले निस्सा पाएका छन् ।

राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौता बमोजिम माङसेबुङ गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको लगत प्रविष्टीको निस्सा वितरण गरेको बताइएको छ ।

एनिहरूलाई गाउँपालिकाका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान, प्रवक्ता सुसनराईसहित कर्मचारीहरु प्रत्येक वडामा पुगेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेका हुन ।

ऐलानी, पर्ती जग्गा वषौंदेखि उपभोग गर्दै आएपनि लालपूर्जाबिही स्थानीयलाई जग्गाको मालिक बनाउनका लागि पहिलो चरणमा निस्सा वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी गराए । उनले भूमिहीनलाई जग्गा उपभोग गररिहेको प्रमाणका रूपमा गाउँपालिकाले निस्सा वितरण गरेको बताए ।

‘हामीले अहिले जग्गाको लालपूर्जा नभई जग्गा उपभोग गरिरहेको प्रमाणको रुपमा यहाँका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेका हौं’ अध्यक्ष राईले भने, ‘अब जिल्लास्थित राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा निस्सा अनुसारका जग्गा नापजाँपलगायतको अन्य काम थाल्नेछौं । जतिसक्दो चाँडो धनीपूर्जा वितरण गर्ने सोँचका साथ अघि बढ्नेछौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार