सन्दकपुर: सन्दकपुर गाउँपालिकाको माबु महागुरू फाल्गुनन्द लिङ्देनको १३९ औं जन्म जयन्ती मनाइने भएको छ ।
आउँदो कातिक २५ गते गाउँपालिकाको ४ नम्बर वडामा रहेको निर्माणधिन किरात फाआप मिङ्सो माङ्हिमको प्राङ्गणमा जन्म जयन्ती मनाइने किरात चोःलुङ मुहिङगुम अङ्सिमाङगेन्ना समितिका केन्द्रीय सदस्य बि.बिहाङ साउदेनले जानकारी गराए ।
जयन्तीका अवसरमा कार्तिक २३ गते धुँवाखोला र माइखोलाको दोभानमा साकमुरा वदेम्मा( गालीश्राप बहन्ती) कार्यक्रम सम्पन्न हुनेछ ।
यस्तै कातिक २४ गते येतलाधुङसेमि सेवा र कार्तिक २५ गते १३९ औ महागुरु फाल्गुनन्द जन्म जयन्तीको साँझ हरेक किरात भक्तजनहरुको घरमा १३९ ओटा दियो/मैनबत्ती जलाएर दिपावली गर्ने कुरा किरात फाआप मिङ्सो माङहिमको अध्यक्ष धन प्रसाद साउदेनले जानकारी गराए ।