आतङ्कित बनाउँने काम बन्द गर्न गृह प्रशासन र प्रहरी संगठनलाई संयुक्त संघर्ष समितिको आग्रह


सेवारो खबर  61 पटक हेरिएको

इलामः प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आतंकित बनाउँने काम तरून्त बन्द गर्न गृह प्रशासन र प्रहरीलाई आग्रह गरेको छ ।

समितिले सोमबार विज्ञप्ती जारी गर्दै ताप्लेजुङ प्रहरीलाई संयुक्त संघर्ष समितिका नेता कार्यकर्ताको विवरण संकलकन गर्ने काम तुरून्त बन्द गर्न आग्रह समेत गरेको छ ।

किरात याक्थुङ चुम्लङका प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासंघका ग्याल्जे शेर्पा, पहिचान सहितको प्रदेश नं १ पनः नामाङ्कन अभियान समितिका डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका जीवन हाताचो राई र नेपाल शेर्पा संघका लाक्पा सेर्पाले हस्ताक्षर गरेको विज्ञप्तीमा ‘एकपछि अर्को शक्ति थपिदै गएको कारण हार्मी शान्तिपूणर् आन्दोदनबाटै प्रदेशको नाम कोशी खारेज हुनेमा विस्वस्त छौं । कसैले हार्नु नपर्ने यो आन्दोलन हिंसात्मक हुनुपर्ने तत्काल कुनै कारण देखिदैन ।’

‘त्यसैले विभिन्न बहानामा जिल्ला जिल्लामा आतङ्कित बनाउँने काम तुरून्त बन्द गर्न गृह प्रशासन र प्रहरी संगठनलाई आग्रह गर्दछौं । उक्त कार्य तत्काल बन्द नगरिए प्रदेशलाई अशान्ति र भिडन्तको दिशातिर धकेल्न स्वयम गृह प्रशासन र प्रहरी संगठन लागेको बुझिने छ ।’

‘आन्दोलनको एकपछि अर्को सशक्त बन्दै गएको बेला १ नम्बर प्रदेश प्रहरी कार्यालयले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयलाई आन्दोलनरत संयुक्त संघर्ष समितिको संगठनका नेता, कार्यकर्ताहरूको गोप्य रूपमा फोटो, सहितको बिवरण संकलन गरेर पठाउँन आदेश गरको सूचना प्राप्त भएको छ । शान्तिपूणर् आन्दोलनलाई दमन गर्ने, आन्दोलनरत पक्षलाई धम्क्याउने, आतङ्कित र कमजोर बनाउँने प्रयास प्रति हाम्रो गम्भिर ध्याकर्षण भएको छ । यस्ता हर्कतबाट सचेत हुन नेतृत्व वर्गमा सूचित गर्दर्छौ’ विज्ञप्तीमा भनिएको छ ।

समितीको बिज्ञप्ती :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार