माईपोखरीको त्रिधार्मिक महोत्सवमा नगद १०० सहयोग गर्न आयोजकको आग्रह


सेवारो खबर  309 पटक हेरिएको

सन्दकपुर: रामसार क्षेत्रमा सूचीकृत धार्मिक पर्यटकीय स्थल माईपोखरीमा हुने त्रिधार्मिक महोत्सवमा सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ ।


आउँदो मंसिर १ देखि ८ गतेसम्म हुने धार्मिक उत्सवमा नगद एक सय सहयोग गरेर पुण्य कमाउँन माइपोखरी त्रि-धार्मिक महोत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजक समितिले आग्रह गरेको छ ।


इलामको सन्दकपुर गाउँपालिका-१ म रहेको माइपोखरीमा परिसरमा हुने उत्सवको तिब्र तयारी भइरेको बारेमा सञ्चारकर्मीसँग छलफल गर्दै आयोजक समितिका संयोजक प्रेम नाछिरिङले नगद एक सय सहयोग गरेर धार्मिक पुण्य कमाउँन सबैसँग आग्रह गरेका छन् ।

सहयोग गर्न चाहनेले प्रभु बैंक इलामको श्री माइपोखरी त्रिधार्मिक महायज्ञ आयोजक समितिको खाता नम्बर १६४०१५५०३१३०००१६ मा सहयोग जम्मा गर्न सकिने छ । यसका लागि दाताले न्युनतम सय रूपायाँदेखि माथि यथासक्य सहयोग गर्न सक्ने संयोजक राइले बताए ।


माइपोखरीलाई पर्यटकीय-धार्मिक केन्द्रका रूपमा संस्थागत विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्धन तथा बहुआयामिक अनुसन्धान स्थलका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको प्रचारप्रसार उपसमिति संयोजक श्यामकुमार राईले जानकारी गराए ।


महायज्ञमा हिन्दु, बौद्ध र किराँत धर्मगुरूले पूजापाठ, मन्त्रोच्चारण गर्ने जनाइएको छ ।

उत्सव सफल बनाउन स्थानीयवासी सर्वसाधानरण, जनप्रतिनिधी लगायतको सक्रियता बढ्दै गएको छ ।

माईपोखरी आसपास सरसरफाई, रंगरोगन भईरहेको छ । महायज्ञको भौतिक संरचना निर्माणको काम चलिरहेको छ ।

उत्सवको समयमा आवश्यक पर्ने खानेपानी, विद्युत, यातायात पार्किङ, अथिति सत्कार र सुरक्षाको व्यवस्थाका काम अहिले तिब्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।

१० लाख पर्यटक भित्रयाउने लक्ष्यका साथ आयोजना हुने त्रिधार्मिक महोत्सवमा नेपाल, भारत, भुटानसम्मका पर्यटक र भक्तहरूलाई आमन्त्रण गरिएको समितिका सचिव दिनेश सुवेदीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार