इलामः इलाममा दुर्घटना न्यूनिरण सम्बन्धि साझा घोषणा पत्र जारी गरिएको छ ।
सडक दुर्घटना न्यूनिकरणका लागि सरकोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्दैे बुधबार साझा घोषणा पत्र जारी गरिएको हो ।
प्रहरी उपरिक्षक बासुदेव खतिवडाको अध्यक्षतामा सम्पन्न अन्तरिक्रया कार्यक्रमले सडक दुर्घटना न्यूनिकरणसँगै, लागु औषध नियन्त्रण, लैङ्गिक हिंसा, मानव बेचबिखन सार्वजनिक अपराधको नियन्त्रण तथा रोकथाम गर्न १२ बुँदे साझा घोषणा पत्र जारी भएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको आतिथ्यतामा भएको कार्यक्रममा इलाम नगरपालिका प्रमुख केदार थापा, दलका प्रतिनीधि, संचारकर्मी, यातायात व्यवसायी, होटल व्यवसायी, बुँदिजीबि र स्थानीय भद्र भलादमीको उपस्थिती रहेको कार्यक्रममा २० दिन भित्रमा मेचि राजमार्गको जोरकलस किटेनीदेखि राँके बजारसम्मको सडक तथा भित्री शाखा सडक खण्डमा हुँने सवारी दुर्घटना न्यूनिकरण गर्न स्थानीय तहको नेतृत्वमा आवश्यक पर्ने पूर्वाधार, सडक संकेत, बत्ति, मार्किङ तथा सडक नियम, होडिङ बोर्डहरू जडान गर्ने घोषणा गरिएको छ ।
घोषणा पत्र अनुसार स्थानीय तहको नेतृत्वमा मासिक रूपमा सडक दुर्घटना न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ ।
समाजमा लागु औषध, लैङ्गिक हिंसा, आत्महत्या, जुवातास, बाल विवाह, मानव बेचविखन, तथा सामाजिक अपराधको न्यूनिकरण गर्न कार्य योजना बनाई प्रत्येक महिना कार्यक्रम सञ्चालन गर्ने । साथै सामाजिक यौनजन्य अपराधलाई न्यूनिकरण गर्न सूचनाको आदानप्रदान, समन्वय तथा सहकार्य गरी अपराध न्यूकिरणको कार्यक्रम गर्ने ।
सुरक्षित यात्रा गराउँन सिट क्षमता बढी यात्रु नराख्न, सबै सवारी साधनमा प्रथमिक उपचारको सामग्री राख्नु पर्ने, तोकिएको भाडा दर सवारी साधनमा टाँस्नु पर्ने, लागु पदार्थ तथा माधक पदार्थ सेवन गरी सवारी साधन चलाउँन नदिने घोषणा पत्रमा उल्लेख छ ।
मुख्य बजार क्षेत्रमा सवारी साधन पार्किङ व्यवस्थित गर्ने, सडकमा निर्माण सामग्री राख्न नदिने, यात्रुको गुनासो उपर कारबाही गर्ने लगायतको काम गर्ने साझा घोषणा पत्रमा भनिएको छ ।
साझा घोषणा पत्र: