२ महिनामा इलामका २३ फरार पक्राउ


सेवारो खबर  101 पटक हेरिएको

इलामः जिल्ला प्रहरी कार्यालयले २ महिनामा २३ जना फरार अभियुक्त पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामले २०८० साल भदौ र असोज महिनामा बिभिन्न मितिमा अदालतबाट दोषी ठहर्‍याई कैद तथा जरिवाना तोकिएका २३ जना फरार प्रतिबादीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, बिष्फोटक पदार्थ, चोरी, सवारी ज्यान, वन, बहुविवाह, कुटपिट, घरेलु हिंसा र सार्वजनिक अपराध मुद्दाका प्रतिवादीहरु रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जबेगुले जानकारी गराएको छ ।

इलाम जिल्लामा मात्र नभई अन्यत्र जिल्ला समेत लुकीछिपि बसेका फरार प्रतिवादीहरुलाई साधा पोसाकमा प्रहरी परिचालन गरी पक्राउ गरिएको हो । पक्राउ परेकालाई अदालतमा पेस गरी थुनाको लागि कारागार इलाम पठाईएको छ ।

लामो समयदेखि फरार रहेको प्रतिवादी पक्राउ पर्नुले समाजमा शान्ति सुरक्षाको स्थिति थप सुदृढ भएको जनाइएको छ ।

सर्वसाधरण नागरिकले सुरक्षाको अनुभव गर्न पाएको र पीडित परिवारले समेत राहत पाएको अनुभति गरेका बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामले बाँकी रहेका फरार प्रतिबादी समेतलाई पक्राउ गर्न थप तिब्रता दिई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार