सिद्विथुम्का चुलिमा कविता प्रतियोगिता सम्पन्न


सेवारो खबर  200 पटक हेरिएको

देउमाईः परिवर्तनका लागि आवाजको तेस्रो संस्करणको साहित्यक कार्यक्रम बुधबार सिद्विथुम्का चुलीमा सम्पन्न भएको छ ।
आवाजका अध्यक्ष सुजन बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कविता प्रतियोगिता भएको छ ।

प्रतियोगितामा शुभेच्छा दुलाल प्रथम, मिराक लिम्बू फियाक द्वितिय र नेहा लिम्बू तृतिया भएका छन् । उनिहरूले क्रमश नगद तीन हजार, दुई हजार र एक हजारसहित प्रमाण पत्र हात पारेका छन् ।

स्थानीय सांस्कृतिक झाँकीसहित विभिन्न नयाँ तथा पुराना पुस्ताले रचना वाचन गरेका थिए । कार्यक्रमममा बिनिता बराईली, भिमसेन लिम्बू, टीका क्षेत्री, बिमल अधिकारी, आरके एलोन मुखिया, इलामे नानी, चेतन अन्जान, कोषबलभ रेग्मी, बुद्धि सागर न्यौपाने, तुलाराम पुरी, राम क्षेत्री, बिनिता लिम्बू, प्रकाश खनाल लगायतले रचना सुनाएका थिए ।

खान्द्रुु माध्यमिक विद्यालयका प्रधानाध्यापक काजिमान येक्तनेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीले स्थानीय च्याब्रुुङ नाच, साकेला लगायतको सांस्कृतिक नृत्य समेत प्रस्तत गरेको सुमन ल्वागुनले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार