सूर्योदयमा व्यवसायिक वातावरण निर्माण सम्बन्धि अन्तरक्रिया सम्पन्न


सेवारो खबर  61 पटक हेरिएको

फिक्कलः सूर्योदय नगरपालिकाले लगानी आर्कषण एवं व्यवसायिक वातावरण निर्माण सम्बन्धि अन्तरक्रिया बुधबार गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका भित्रका सम्भावित लागनीको अवस्थाको बारेमा विश्लेषण गर्दै व्यवसायिक वातावरण निर्माणको आधारको विषयमा छलफल भएको थियो ।

सरोकारवालाको सहभागितामा भएको कार्यक्रममा विषयगत रूपमा व्यवसायको चुनौती र अवसरका बारेमा सुभाव राखेका थिए ।

कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष, पर्यटन व्यवसायी, कृषक, चिया उद्योगका प्रतिनिधी, दुग्ध व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधिहरु, शैक्षिक संस्थाका प्रतिनिधी, होम स्टे सञ्चालक स्थनीय बैकका प्रमुखहरूको सहभागिता रहेको थियो ।

अन्तरक्रियालाई नगरका प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गा कुमार बराल र प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सहजीकरण गरेको कार्यक्रम नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एंव वडा नं ९ का वडा अध्यक्ष देवेन्द्र शर्माले संञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार