कियाचु फाल्गुनन्द समाजसुधार पुरस्कारद्वारा भारती ओख्राबो पुरस्कृत


सेवारो खबर  410 पटक हेरिएको

इलामः थाइल्याण्डकी प्राध्यापक भारती ओख्राबोलाई कियाचु फाल्गुनन्द समाजसुधार पुरस्कारद्वारा सम्मान गरिएको छ ।

महागुरू फाल्गुनन्द लिङ्देनको १३९ औं जन्म जयन्तीका अवसरमा शनिबार किरात याक्थुङ चुम्लङले काठमाण्डौं एक कार्यक्रम आयोजना गरी नगद २० हजार सहित सम्मान पत्र प्रदान गरेको हो ।

बर्मामा जन्मेकी ओख्राबो लिम्बुले ३० वर्ष यतादेखि थाइल्याण्डमा रहेको लिम्बूहरुको संस्थागत विकास भाषा, लिपी, संस्कार, संस्कृत विकास अभियानमा सञ्चालन गरेको योगदानको कदर गर्दै सम्मान गरिएको किरात याक्थङ चुम्लङले जनाएको छ । यसका साथै लिम्बुले बर्मा तथा थाइलैण्डमा रहेका सम्पूर्ण किरात समुदायको विकास गनेृ नेतृत्व गरिरहेको बताइएको छ ।

अख्राबुलाई पुरस्कार वितरणका प्रमुख अतिथी मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले दोसल्ला ओडाई सम्मान गर्दै पुरस्कार तथा सम्मान पत्र हस्तारण गरे ।

कार्यक्रमा किरात याक्थङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले मानव अधिकारका विषयमा प्रदेशको नाम कोशी खारेजीको आन्दोलनका समयमा हँने मानव अधिकार उल्लंघनका सवाललाई ध्यान दिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार