इलामः महागुरू फाल्गुनन्द लिङ्देनको १३९ औं जन्म जयन्ती शनिबार विभिन्न कार्यक्रम गर्दै विश्वभर मनाइएको छ ।
खाश गरी किराँत धर्मावलम्बी भएको विभिन्न देशमा विभिन्न कार्यक्रम गर्दै महागुरुको जन्मजयन्ती मनाइएको किरातजन्य संघसंस्थाले जनाएको छन् ।
नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिमहरुमा जन्मजयन्ती मनाइएको जनाइएको छ ।
यसका साथै भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइएको किरात जन्य संघसंस्थाले जनाइको छ ।
किरात याक्थुङ चुम्लङले समेत विभिन्न कार्यक्रम गर्दै देश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै जन्मजयन्ती मनाएको छ । चुम्लुङले पुरस्कार तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरेको चुम्लुङले जनाएको छ ।
जयन्तीका अवसरमा किरात धर्मगुरू अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको नीजि आश्रममा विशेष कार्यक्रम सम्पन्न गरी झापाको चिल्लागढ माङहिममा पुगेका थिए । यसका साथै अर्जुनधारा स्थापित फाल्गुनन्द छात्रावास उद्घाटन गरेको जनाइएको छ ।
को हुन महागुरू फाल्गुनन्द लिङदेन
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूणर् योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन विसं २००५ मा भएको हो । किराँत समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।