कोल्बङमा सावरी दुर्घटना ३६ जना घाइते


सेवारो खबर  123 पटक हेरिएको

इलाम : मेचि राजमार्ग इलामको रोङ गाउँपालिकाको कोल्बङमा सावरी दुर्घटना भएको छ ।

जनकपुरबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर झापा तर्फ जाँदै गरेको बस आइतबार साँझ ५ बजे राजमार्गबाट तीन सय मितटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

३७ जना सवार बसलाई तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरिक्षकको टोली र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको टोली घटना स्थल पुगी ३६ जना घाईतेलाई उद्धार गरी उपचारको लागी झापा तर्फ पठाईएको छ । घाईते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अन्दाजी १०/१२ बर्ष जस्तो देखिने बालक रुखमा अडकिएको अवस्थामा रहेको बालकलाई समेत प्रहरीले उद्धार गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार