इतिहासकार नेम्बाङको ८२ वर्षको उमेरमा निधन


सेवारो खबर  51 पटक हेरिएको

इलामः इतिहासकार तथा लेखक कृष्णविक्रम नेम्बाङको निधन भएको छ ।

उनको ८२ वर्षको नम्बाङको आइतबार साँझ ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको बताइएको छ ।

पाँचथरको अहिलेको फाल्गुनन्द गाउँपालिका पौवासारतापमा जन्मिएका नेम्बाङ पछिल्ला वर्ष ललितपुरमा बस्दै आएका थिए ।
०१७ सालको क्रान्तिमा होमिएपछि भुँई नायक उपमा पाएका नेम्बाङ नेपाली कांग्रेसको इतिहास र बीपी कोइरालासँगको निकटवर्ती सम्बन्धका बारे पुस्तक लेखनमा सक्रिय थिए ।


नेपाली कांग्रेसका बीपी कोइराला, गणेशमान सिंह, सुवणर्शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि आदि नेतासँगसँगै नेपाली राजनीतिमा जीउज्यान अर्पेर देश र जनताका लागि लडेका नेम्बाङको गुमनाम थिए ।

केही वर्षयता आन्द्राको क्यान्सरबाट ग्रसित नेम्बाङ उपचार क्रममा थिए । उनका ४ छोरा र ४ छोरी छन् ।

नेम्बाङले ‘सत्र सालको क्रान्तिको सम्झना’, ‘स्मृतिमा बीपी आन्दोलन’, ‘इतिहास पहिचान’ ‘लिम्बुको इतिहास’ लगायतका कृति प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार