इलामः मंगोल नेसनल अर्गनाइजेसन (एमएनओ) पार्टीको आउँदो मंसिर ९, १० र ११ गते मोरङको बेलबारीमा छैटौं राष्ट्रिय महाधिवेसन हुुँदैछ ।
महाधिवेसनको तयारी तिब्र पारिएको छ । महाधिवेसन मुल आयोजक सभा संयोजक मणि पापो लिम्बुले महाधिवेसनका लागि आवश्यक भौतिक तथा प्राविधिक तयारी करिब अन्तिम चरणमा पुगेको जानकारी गराए ।
संयोजक लिम्बुका अनुसार मंसिर ९ र १० गते बेलाबारीमा महाधिवेसन उद्घाटन र बन्द सत्र सञ्चालन हुँने छ । मंसिर ११ गते लेटाङ बजारमा हजारौंको मंगोल कार्यकर्ताको सहभागितामा महाधिवेसनले पारित गरेको राजनीतिक घोषणा सभा गरिने छ ।
भिखुतपसी धम्मको प्रमुख आतिथ्यमा सम्पन्न हुँने महाधिवेसनमा सातै प्रदेश तथा ७७ जिल्लाको ५ सय बढि प्रतिनीधि पर्यवेक्षकको सहभागीता रहने छ ।
कार्यक्रम उद्घाटनपछि हुँने बन्द सत्रमा सांगठनिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत हुने छ । साथै पार्टीको विधान संशोधन र संविधानमा मंगोललाई समेट्नु पर्ने विषयमा बृहत छलफल हुने बताइएको छ ।
महाधिवेसनले नयाँ कार्य समिति चयन गर्दै मंसिर ११ गते राजनीतिक घोषणा पत्र समेत जारी गर्नेछ ।
घोषणा पत्रको घोषणा सभा भने मोरङकै लेटाङ बजारमा हजारौंको मंगोल कार्यकताको साथमा घोषणा सभा गर्दै सम्पन्न गर्ने महाधिवेसन संयोजक मणि पापो लिम्बुले जानकारी गराए ।