सहजिकरण सिपमा आधारित जेनेरल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न


सेवारो खबर  58 पटक हेरिएको

इलामः इलाममा चार दिने तालिम डिसाईनिङ तथा सहजीकरण सिपमा आधारित जेनेरल टट प्रशिक्षक प्रशिक्षण (जेनरल ट्रेनिङ अफ टे्रनर अन टे्रनिङ डिजाइनिङ एण्ड फ्यासिलिटेसन स्कील) तालिम सोमबार सम्पन्न भएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा भएको तालिममा तालिममा सहजिकरण गर्नका लागि आवश्यक विभिन्न सीप तथा अभ्यासकोे बारेमा जानकारी गराइएको थियो ।

तालिममा प्रशिक्षणका लागि तालिमको डिजाइनिङ, मेन्युल तथा प्रशिक्षण सीपको बारेमा जानकारी गराइएको थियो । यसका साथै तालिम सत्र योजना अनुसार सेशनमा प्रशिक्षकमा हुनु पर्ने सीपको विषयमा छलफल भएको मानव अधिकार मञ्चले जनाएको छ ।

मावन अधिकारको अवधारणा, मानव अधिकार सम्बन्धि पूर्वीय र पश्चिमा विचारमा भएका मुल भिन्नताका विषयमा समेत छलफल भएको थियो ।

तालिम र शिक्षण विधिमा फरक, बाल सिकाई र वयास्क सिकाई सीप, यसको सिद्धान्तका विषयमा जानकारी गराइएको तालिमको सहजिकरण अधिवक्ता राजेश हमालले गरेका थिए ।

कार्यालयसँग सम्बन्धित जनशक्तिको सीपको विकास गर्न सञ्चालन भएको तालिममा मानव अधिकार मञ्च नेपाल इलामको कर्मचारीहरूको सभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार