“सामाजिक सद्भाव कायम राख्दै परिवर्तनको रक्षा गर्न गणतन्त्र विरोधी गतिविधी रोक्नुपर्छ”


सेवारो खबर  43 पटक हेरिएको

काठमाडौंः आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूले सामाजिक सद्भाव कायम राख्दै परिवर्तनको रक्षा गर्न आग्रह गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूले मंगलबार पत्रकार सम्मेलन गरी धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रविरुद्ध भइरहेका गतिविधिमाथि रोक लगाउन माग गरेका हुन् ।


नागरिकको बलिदानीपूणर् संघर्षबाट प्राप्त उपलब्धि भत्काउन पछिल्लो समय केही देशी विदेशी शक्तिहरू लागिपरेको भन्दै उनीहरूले उपलब्धिको रक्षाका निम्ति समयमा सचेत हुन आह्वान गरेको छ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले गणतन्त्रमाथि कसैले धावा बोले आदिवासी जनजाति समुदायले प्रतिवाद गर्ने बताए ।

नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले पहिचान राष्ट्रिय संघर्ष समिति गठन गरेर प्रदेशस्तरीय कार्यक्रम गरिने बताए । जसअन्तर्गत पहिलो चरणमा मगरात थरुहटको संयुक्त आयोजनामा आगामी मंसिर २३ गते दाङमा र तामाङ घेदुङ र नेवा देय दबूको संयुक्त आयोजनामा आगामी मंसिर ३० गते काठमाडौंमा बृहत् सभाको आयोजना गरिने जानकारी दिए ।

किरात याक्थुङ चुम्लुङका प्रेम एक्तेन र नेवा देय दवूका उपाध्यक्ष उमेश स्थापितले प्राप्त उपलब्धिको रक्षाका निम्ति आदिवासी जनजाति समुदाय एकढिक्का रहेको बताए ।

उक्त पत्रकार सम्मेलनमा काठमाडौंको शंखरापुर नगरपालिका-३ बोझेनीमा लप्सीफेदी चाँगुनारायण सवस्टेशन निर्माण गर्ने नाममा प्रहरी प्रशासनबाट शृङ्खलाबद्ध बल प्रयोग भएको भन्दै विरोध जनाइएको छ । आदिवासी जनजाति समुदायले वार्ता र संवादको माध्यमबाट निकास निकाल्न आग्रह गरेका छन् ।@onlinekhabar.comबाट ।

संयुत्त प्रेस विज्ञप्ती :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार