पहिचानवादीको नाममा हिंसात्मक गतिविधि भएको भन्दै, नेकपा एमालेको आपत्ति


सेवारो खबर  179 पटक हेरिएको

इलामः नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादीको नाममा हिंसात्मक गतिविधि भएको भन्दै आपत्ति जनाएको छ ।

पार्टीले सोमबार एक विज्ञप्ती जारी गर्दै पहिचानको नाममा गैर जिम्मेवार, आपत्तिजनक र अराजक गतिविधि गर्ने तत्वलाई अविलम्ब नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्ने एमालेको माग गरेको छ ।

कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै पहिचानवादीको नाममा भएको अराजक गतिविधि प्रति खेद व्यक्त गरेका छन् ।

एमाले कार्यकर्ता सवार सवारी साधनमा ढुङ्गा मुढा प्रहार गरी भएको अवान्छीत गतिविधिको एमालेले घोर भर्त्सना गर्ने विज्ञप्तिमा उल्लेख छ ।

असहमत भए विरोध गर्न पाइने संविधानको व्यवस्था विपरीत भौतिक आक्रमणमा उत्रिनेहरू माथि कारबाही नगरी अराजकतालाई सरकारले प्रशय दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार ताप्लेजुङको फुङलिङमा एमाले सचिव योगेश भट्टराईलाई लक्षित गरी भएको आक्रमणलाई लिएर एमालेले विरोध जनाएको हो ।

विज्ञप्ती :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार