ताप्लेजुङः प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले गरेको बन्दको दोस्रो दिन ताप्लेजुङको जनजीवन थप समस्यामा पारेको छ ।
बिहानैदेखि लामा तथा छोटा दुरिका सवारी साधा सञ्चालनमा आएनन् । बजार पसल समेत नखुलेको सञ्चारकर्मी कृष्ण फुरूम्बोले जनाकारी गराए ।
अघिल्लो दिन गाउँबाट ताप्लेजङ बजार आवत जावत भएपनि पक्राउ परेका कार्यकर्ता रिहाई नभएपछि बन्द थप सशक्त बनाएको सर्घष समितिको भनाई छ ।
सर्घष समितिले मंगलबार एक विज्ञप्ती जारी गर्दै, मेचिराजमार्ग, तमोर कोरिडोर मुलघाट, लाबरबोटे मार्ग बन्द निरन्तर रहने र ताप्लेजङ बजार तथा यातायात पूणर् रूपमा रहने । एम्बुलेन्स, पानी तथा दुधका ट्याङ्कर गुड्न पाउँने उल्लेख गरेको छ ।
पक्राउ परेका नेता कार्यकर्तालाई रिहाइ र कोशी नाम खारेजीको प्रक्रिया तुरून्त अघि नबढाए तयारीका साथ आन्दोलन थप सशक्त बनाउँदै लैजाने विज्ञप्तीमा जनाएको थियो ।
मेचिराजमार्गमा पर्ने ताप्लेजङ, इलाम र पाँचथरका विभिन्न ठाउँमा बन्दकर्ताले सडकमा निस्किएर बाटो अवरोध गरेका थिए ।
समितिले सोमबार एक बिज्ञप्ती जारी गर्दै प्रदर्शनको विषयलाई लिएर पाथीभरा याङ्वरक-३ का विपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको जनाउँदै रिहाइ नभएसम्म राजमार्ग अनिश्चितकालका लागि बन्दको आव्हान गरेको थियो ।