नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध कायमै


सेवारो खबर  219 पटक हेरिएको

काठमाण्डौः नेपाली वायु सेवामाथि युरोपियन युनियन (ईयू) को प्रतिबन्ध फेरि लम्बिएको छ । युरोपेली युनियनले हरेक ६/६ महिनामा सार्वजनिक गर्ने ’एअर सेफ्टी लिस्ट’ मा नेपालमाथिको प्रतिबन्ध कायमै रहेको हो ।

यो सूचीमा रहेका वायु सेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली हवाई उद्योग सन् २०१३ देखि नै युरोपमा प्रतिबन्ध छ । नेपालमा भएको स्थलगत अवलोकन तथा मूल्याङ्कन र यसकै आधारमा गएको कात्तिक २८ गते बेल्जियमको राजधानी ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनमा नेपाललाई लगाउँदै आएको सुरक्षा सूची (कालोसूची) लाई निरन्तरता दिने ईयूले जनाएको हो ।

ईयूका प्रतिनिधिमण्डलले भदौ २५ देखि २९ गतेसम्म नेपालमा आई नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र श्री एअरलायन्सको स्थलगत अवलोकन तथा मूल्याङ्कन गरेका थिए । @ujyaaloonline.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार