मध्यम वर्गको होस, जो आपनो एक मानु खान पुर्याउदछ, सानो परिवार छ, चेतनशील, विहान उठने समय, पुजा पाठ गर्ने नास्ता खाने काममा जाने, भरदिन काम गर्ने, बेलुका समयमा आउने, घर परविरका साथमा जीवन काल व्यतित गर्ने, आपना नानीबाबुहरुको साथमा कर्तव्यनिष्ट भएर जिम्मेवारी पुरा गर्ने, चेतनाशक्ति भएको सामाजिक सदाचारको पालना गर्ने, सरकाराको प्रति कर तिर्ने, मतदान गर्ने जिम्मेवारी वहन गर्ने परिवार माध्यम वर्गीय परिवार हो । यो किसिमको परिवार नेपालमा ४० लाख बढी सख्यामा होला ।
यो परिवारका मातहातमा ठूलो मात्रामा जग्गा जमीन, सुना चादि, शेयर, लगानी, हँुदैन । “अभिजात किसिमको चरित्र पनि हुदैन । अरुलाई पीर, कष्ट वाधा र दुःख दिएर पनि आफु अगाडि जानु पर्दछ” भन्ने खालको सोच राख्दैन । दूव्र्यसनी समेत हँुदैन । अझ आपनो पररिवारको कोही कसैले विधि नियम विरुद्धमा काम गरेछन भने आफैले गल्ति गर्नेलाई सजाय दिने, प्रायश्चित गराउने खालको चरित्र रहेको भएको हुन्छ । समयको चक्रमा यो वर्ग निकै आर्थिक, सामाजिक सांस्कृतिक र राजनीतिक रूपमा निकै सचेत, जागरुक परिवर्तनको वाहक हुन्छ । विगतमा नेपाली काग्रेस, नेकपा, माले यी निकै यही खालको मध्यम वर्गभित्र पर्ने गर्दथे । त्यसमा लागेकाले पनि आपना-आपनो त्यस खालको वर्गिय चरीत्र प्रति निकै गर्व गर्दथे र उनीहरुले दीगोपनाका पनि अभ्यास गर्ने गर्दथे ।
२०४६ सालको राजनीतिक परीवर्तनपछि यस किसिमको राजनीतिक दल सत्तामा पुगे । जो जसरी सत्तामा गएपछि पहिलो तीन वर्षसम्म नेपाली कांग्रेसले सरकार चलाउने र विपक्षी नेकपा एमालेले विपक्षी दलको रूपमा काम गर्ने जिम्मेवारी पाए ।
उनीहरुको मूल कार्य जिम्मेवारी भने सत्ता प्राप्ति भनेको धन सम्पत्ति कमाउने, शक्तिको दुरुपयोग गरी सकेसम्म आर्थिक लाभ उठाउने, आपना नर नातेदारहरुलाई बिभिन्न पदहरुमा बहाली गरी अकुत सम्पत्ति आर्जन गर्ने हो, भन्ने अभ्यास गर्यो गरायो त्यसले गर्दा पार्टीमा पनि दुष्चरित्रको अभ्यास भयो । यसले नयाँ धनाढय भूँईफुटटा भनिने नवसमन्त पुँजीवादी वर्गको सिर्जना भयो राष्ट्रिय पुँजीपति वर्गको सिर्जना गर्ने अभियानमा कम्युनिष्टहरु पनि बिफल भए ।
उच्च र सम्भ्रान्त वर्ग धेरै मात्रमा केन्द्र र स्थानीय क्षेत्रमा राजतन्त्रको पक्षामा थिए । तिनीहरु कि त व्यापार कि त साना तिनो उद्योगको रापमा रहेका थिए । बाँकी रहेको निम्न वर्ग, किसान, मजदुर, शील्पकार, लेखक, पत्रकार, विचारक, वुद्धिजीबिको रूपमा दलहरुमा टाँस्सिएर बसेका थिए । यो पनि समाजका लागि त्रुटी, कमजोरी साबित भयो । पुरोहित, पण्डित, मौलवी, पास्टर्श तथा लामा, पुजारी भएर रहेको वर्ग पनि थियो ।
मानिस जो जुन वर्ग, जात, क्षेत्र लिङ्क वा सम्प्रदायको भएपनि उसको लागि खाना, लुगा नाना, बस्नका लागि छाना, शिक्षा, स्वास्थ्य, सुरक्षा पहिलो आवश्यकता हो । यो पनि आर्थिक रूपमा जो जसका लागि सजिलै जुटदछ त्यो परिवार वर्गले यो माथिका आधारभूत कुराहरु सजिलै पाउन सक्दछ, जो जसको आपनो आयको बाटो सजिलो होस । विभिन्न तरिकाले आय हुन्छ त्यो व्यक्ति र परिवारले आधारभूत आवश्यकता सजिलो तरिकाले जुटाउन सक्दछ । जस्तै जो जसको जमिन पनि छ, जागिर पनि छ, परिवारमा सबै जहान उमेरदार छन, उनीहरुले जागिरे कमाउने अवस्थामा छन भने उनीहरुको आय राम्रो हुन्छ । पैसाको समस्या हुँदैन, कमाउन पनि तिर्न पनि सक्दछन । त्यसैले पुँजीवादी देशहरुमा यो प्रणाली सरकारले नै निकै होसियारीको साथ व्यवस्था गरेको हुन्छ, जस्तै कामहरु खोलिदिने, रोजगारी दिने तलब र ज्याला दिने, काम पनि लिने, बढी खर्च गर्नै नपाउने, व्यवस्था गरेको हुन्छ । कमाउन पाउँदछ र तर फजुल खर्च गर्नमा रोक लगाउँदछ । यसले आपनो खर्च पनि देखाउनु पर्दछ ।
जस्तै वैङ्कमा खाता खोलेपछि के कति कति खर्च गर्ने हो ? भन्ने खुलाउन पर्दछ । तर गलत काममा खर्च गर्न पैसा दिदैन । खातामा नै राखेर सरकारले बरु व्याज दिने गर्दछ । यो हो समाजवादी आर्थिक नीति हो ।
परिवारका साना नानी बावुहरुका लागि उपयुक्त निशुल्क शिक्षा दिने, निशुल्क स्वास्थ्यको गुणस्तरीय सुविधा दिने, सरल मोल भाउमा उपभोग गर्ने सहकारीको पसल राख्ने कामहरु गरेको हुन्छ । यी धेरै समाजवादी देशहरुको बजारमा सुव्यवस्था गरिन्छ ।
तर २०५२ पछि नेपालमा जो सशस्त्र द्वन्द भयो, यसपछि मध्यम वर्ग माथि प्रहार भयो । पुँजीपतिहरु सम्पन्न यात बजार शहर केन्दीत भए, यात उनीहरुलाई धन चन्दा माल उपहार दिएर ज्यान जोगाएर बसे । कतिपय उनीहरुका साथमा मिले र बसे ।
मध्यम वर्गले मुकाबिला गरे, उनीहरुका साथमा मिलेर हतियार लिएर, बाँकीले तटस्थ बसे । साथै उनीहरुले विदेश जाने विकल्प रोजे खोजे । पुरोहित कर्म र वाद पनि महँगीएर माथि गयो, चर्को भयो । यो नेपालले भोगेको, जानेको अनुभव गरेको विकल्पको बाटो थियो ।
अब अहिले जो-जो शहरमा बसेका छन वा नगर टाउन नभएको शहरमा बसेका छन उनीहरु खानपीन, पढन पनि लगाउन पनि औषधी र उपचार गर्न पनि, हरेक कामहरू पैसाबाट गर्ने गर्दछन । कमाउने स्रोत छैन, उद्योग तथा व्यापार सुकको छ । मानिसको मनमा पनि शान्ति, छैन, छोरा छोरी परदेश भएको, नियमित आय नभएको, राजनीति क्षेत्र विचलन आएको, दैनिकी चलाउन महँगीले मारेको, पीडा दिएको अवस्था छ । न्यायको क्षेत्रमा विकृति विसंगति भएको भन्ने आदि सामाजिक तथा सांस्कृतिक अवस्थाले मानिसमा शान्ति नभई, मानसिक शारीरिक रूपमा छैन । विवाहको कुरा गर्दा धेरै बजार शहरी या क्षेत्रमा वबण्ड बाजा खोलिएका छन । नेपाली पञ्चेवाजा लोप भइरहेको देखिन्छ, तिनीहरूमा बजाउने वालाहरू अरुनै छन ।
देशवालाहरू छन, खाने कुराहरुमा पार्टी प्यालेस खोलेर पनि भाडामा भेरायटीजको परिकारहरू छन । खाजा बनाउनेहरूले मानिसको स्वास्थको ख्याल नगरी केवल स्वादको मात्र परिकार बनाउने पैसा लिने गर्दछन, तर निम्तोमा गएकाहरुको स्वास्थ्य हित भएको हँुदैन, यता महिलाहरूमा विवाह गर्ने वबला भएपछि सुन खरीद गर्ने लहड चलि होड चल्दछ, । विहेमा लगाएर आएको गर गहनाले कसैकसैको त दश बीसतोला भन्दा बढी सुनका गहनाहरु पहिरिएर आएको देखिन्छन जो जसले गर्दा महिला महिलाका बीचमा छेडछाड, गर्ने बेलुका घरमा गएर पतिलाई उकास्ने पनि हुँदो रहेछ । यसले भ्रष्टाचारलाई उकास्ने गर्दछ ।
उता नानी बावुहरुले विहे अगाडिनै आपना लागि जोडी बनाईससको हुन्छ । उनीहरुले बिहे गरेपछि धैरेको परिवारलाई सजला तरिकाले धान्न चलाउन नसकको बीचमा नै ब्रेक लगाउन पर्ने अवस्था भएको पाइन्छ जो खुव सुखको चाहनाले आर्जित दुख साबित भएको पाइन्छ ।
पहिलोको जस्तो विहेमा समाज मिलेर भेला भएर खाना पकाउन नाँच्ने, गाँउने चलन छैन । अनि तराईमा त कुरा छिन्ने, टिकाटाला भन्ने, मेहन्दी भन्ने, काम गरेर खर्च लगभग १५—२० लाख जति समाप्त गर्ने बढाबढको होडबाजीमा समाज गइरहेको पाइन्छ । हिजो मात्र एउटा विहेका कार्ड म कहाँ आयो जो प्रतिगोटा सय रुपाँया पर्दछ भन्ने सुनेर थाहा पाए । हामीहरूको पालामा विहेमा पनि सुपारी राखेर ल्वाँग मरिच राखेका र हामीहरुले निम्तो गरेको थियो हामीहरु काममा भएका, एम्ए उत्र्तीण गरी सकेका जिम्मेवार पदमा पुगी राष्ट्रसेवा गरीरहेको पो अवस्थामा थियौ त ।
नेपाल जस्तो सानो ससारको विपन्न, आर्थिक अवस्था तथा पुर्वाधार पनि नभएको विगतमा सशस्त्र द्वन्द र महा भूकम्प जस्ता प्रकोपबाट पीडित भएको मुलुकमा यो यस्ता कुरा खराव अनुत्पादन मूलक पँुजीको विनास हो परिवार समाज, चलाउन आधारलाई नष्ट गर्ने चाँचल बाजी हो, यसमा समाजको अवसरवादी वर्ग खुलेर लागेको पाइन्छ । प्रशासन सयन्त्र भ्रष्ट विदेशी दलालहरूबाट चलेका पाइन्छ । यसलाई बेलैमा नियन्त्रण तथा नियमन गर्नु पर्दछ । हामीहरु कहा समाज सुधार तथा व्यहार ऐन २०३४ कायम छ, विवाहको दर्ता गर्ने व्यवस्था अहिलेपनि छ जो वार्डमा अभिलेखकिृत हुन्छ र जिल्ला आदालतले दर्ता गरी प्रमाणपत्र दिने गर्दछ । यसलाई हामीले प्रोत्साहन गर्न आवश्यक देखिन्छ ।
विगतमा हामीहरुले पनि समाजवादी विवाह गरेको गराएका थियौ जो धेरै साथिहरुले त्यसको पनि अनुभव रहेको छ । आफना मानिसहरु पाँच जना जति ल्यायो, मन्दिरमा गयो, पुरोहित राख्यो पुजा गर्यो र विवाह सम्पन्न गरेर पारिवारिक विधि रीत पुरा गर्ने गरियो । त्यो हामीले पनि अनुभव गरेको थियौ । संस्कृति भनेको परिभाषामा पनि सुन्दर कृति हो, जो सबैले मान्ने, पालना गर्न सजिलो कृति कार्य हुन्छ, त्यसलाई सुसृस्कृती मानिन्छ । संस्कृतिमा विकृति विसगति विचौलीया भयो भने राम्रो हुँदैन, भनिदैन र मानिदैन । गरगहना, लुगा, खाने कुरा तथा पार्टी प्यालेस समेतको बिचौलीयाहरुले चलाउने गरेका हुँदो रहेछ । हामीले बरु क्रान्तिकारी धारमा लाग्न पर्दछ तर सामन्तवादी वा भडकाउवादी चरित्रमा लागेर विवाहको कार्य गर्दा एकातिर आर्थिक अवस्था पनि बर्वादी हुन्छ अर्कातिर परिवार पनि टीकाउ र भरपर्दो हुदैन । यसमा महिला दिदी बहिनीहरूलाई हातसाथ लिएर सामाजिक सुधारको कार्य गर्न सजिलो भरपर्दो हुने देखिन्छ । @प्रा.डा. नृसिह कुमार खत्री फेसबुकबाट ।