ओखलढुंगामा पक्राउ परेका पहिचानवादी नेता कार्यकर्ता बिना सर्त रिहाई


सेवारो खबर  236 पटक हेरिएको

ओखुलढुंगा: ओखलढुंगामा मुख्यमन्त्री केदार कार्की लगायतलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका पहिचानवादी नेता कार्यकर्ता रिहाई भएका छन् । उनिहरुलाई मंगलबार साँझ रिहाई गरेको जनाइएको छ ।

किरात राई यायोक्खा केन्द्रीय महासचिव भीम राई, किराया जिल्ला अध्यक्ष तथा संयुक्त संघर्ष समिति जिल्ला संयोजक थगेन्द्र राज राई , नेफिन जिल्ला सचीव दीपेन्द्र रूम्दाली, रेखराज राई, चम्बर राई, दुर्गाबहादुर राई, इन्द्रबहादुर राई, अश्विन राई, सुजन राई गरी ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपाली काँग्रेस जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाउने क्रममा प्रहरीले पक्राउ गरेको थियो

समुख्यमन्त्री कार्की नेपाली काँग्रेसद्वारा ओखलढुङ्गामा निर्मित बिपी स्मृत भवन उद्घाटन तथा नेपाली काँग्रेस ओखलढुङ्गा जिल्ला सम्मेलनमा सहभागी हुन काँग्रेस नेताहरू सहित सहभागी हुन त्यहाँ पुगेका थिए ।

सङ्घर्ष समितिले पक्राउ लगत्तै विज्ञप्ति प्रकाशित गरी शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी ज्यादती भएको आरोप लगाउँदै ‘पहिचानवादी योद्धाहरूलाई विना सर्त रिहाइ नगरे भोलि बुधवार देखि बलबहादु राई मार्ग र मध्य-पहाडी मार्ग अन्तर्गतको ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र उदयपुर ४ जिल्लामा सडक अनिश्चितकालका लागि बन्द गरिने चेतावनी दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार