सञ्चारकर्मी फागोको उपचार सहयोग जुटाउँदै इलामका सञ्चरकर्मी, २७ हजार हस्तान्तरण

सहयोगी मनलाई सहयोग गर्न आग्रह


सेवारो खबर  741 पटक हेरिएको

इलामः इलामका सञ्चारकर्मी सञ्चारकर्मी ध्रुव फागोको उपचार सहयोग जुटाई रहेका छन् । सन्दकपुर निवासी फागो ब्रेन सम्बन्धि जटिल रोगको उपचारमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।


सञ्चारकर्मी फागोलाई यो समाचार तयार पार्दासम्ममा २७ हजार ५ सय १५ हस्तान्तरण गरिएको जनाइएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामले १५ हजार, नेपाल पत्रकार महासंघले ५ हजार र सञ्चारिका समूहका अध्यक्ष सिर्जना श्रेष्ठले ७ हजार ५ सय १५ संकलन गरी हस्तान्तरण गरिएको छ ।

फागो अहिले न्यूरो अस्पताल विराटनगरमा उपचार गराई रहेका छन् । उपचारमा सहयोग गर्न सहयोगी मनले यसैसाथमा रहेको बैक खाता नम्बर सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार