पत्रकार प्रेम देवानमाथि भएको दुर्व्यबहारको सर्वत्र निन्दा


सेवारो खबर  333 पटक हेरिएको

इलामः पत्रकार प्रेम देवानमाथि भएको दुव्र्यवहारको सर्वत्र निन्दा गरिएको छ ।

ओबी मिडीयाद्वारा संचालित आवर विराटनगरका समाचार संयोजक देवानलाई भएको दुव्र्यवहारको विषयमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश, नेपाल पत्रकार महासंघ मोरङ शाखाले विज्ञप्ती जारी गर्दै घटनाको विषयमा ध्यानाकर्षण भएको बताएका छन् ।

प्रेस युनियन मोरङ, प्रेस सेन्टर नेपाल मोरङ, समाजवादी प्रेस संगठन मोरङ, प्रेस सेन्टर नेपाल कोशी प्रदेशले विज्ञप्ती जारी गर्दै घटनाको गम्भीर ध्यानाकर्ष भएको जनाएका छन् । विज्ञप्तीमा पटक पटक फोन गरेर समाचार संकलन गर्न बोलाउँनु अनि आक्रमण गर्नु सुनियोजित भएकोले यस विषयमा गम्भीर अनुसन्धान गर्न र घटनामा स‌लग्नको पहिचान गरी कारबाहीको दायरामा ल्याउँन प्रहरी प्रशासनसँग माग गर्दछौ भनिएकाे छ ।

यस्तै पत्रकारले स्वतन्त्र पूर्वक रिपोटिङ गर्ने स्वतन्त्रता संविधानले नै दिएको छ । संविधान प्रदत्त अधिकारलाई प्रयोग गर्ने क्रममा कानुन हातमा लिएर कुटपीटमा उत्रने र लछार पछार गर्ने काम निन्दनीय छ । पत्रकारमाथि भएको यो घटनाले बिराटनगरमा गुण्डाराजको अभ्यास शरू हुन लागेको हो कि भन्ने आभाष भएको छ भनिएको छ ।

नेपाल आदीवासी जनजाति पत्रकार महासंघ संघीय र प्रदेश शाखाले (फोनिज), १ नम्बर प्रदेश समितिका कोषाध्यक्ष प्रेम देवानमाथि भएको आक्रमणप्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।

विराटनगर-७ सात घुम्तीमा बुधवार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले बारम्बार फोन गरेर समाचार संकलन गर्न बोलाएर आक्रमण गर्न योजनाबद्ध रहेको स्पष्ट छ ।

समाचार लेखेकै कारण पत्रकार देवानमाथि भएको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतमाथि आक्रमण रहेको फोनिजको ठहर छ । फोनिज यस घटनाको घोर निन्दा गर्दै सत्य तथ्य छानबिन गरी आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न जोडदार माग गरिएको छ ।

आज (बिहिबार) स्थानीयवासी र पिडित पक्षले आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै महानगरपालिका घेराउ गरेको थिए ।

सोही आन्दोलनको समाचार संकलनका लागि पुगेका देवानलाई आन्दोलन पक्षका केही समूहले दुर्व्यवहार गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार