माईपोखरी त्रिधार्मिक पर्यटन महोत्सवको आयव्यय सार्वजनिक

७ लाख ५६ हजार ५ सय ७७ रुपैयाँ वचत


सेवारो खबर  179 पटक हेरिएको

सन्दकपुरः माईपोखरी त्रिधार्मिक पर्यटन महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ ।

सन्दकपुर गाउँपालिकाको कार्यालयको सभाहलमा जनप्रतिनिधिको उपस्थीतिमा आयव्यय सार्वजनिक गरिएको हो ।

त्रिधार्मिक पर्यटन महोत्सवमा ३६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ आम्दानी भएको जनाइएको छ । महोत्सवको सम्पन्न गर्न २८ लाख ७७ हजार २ सय ६७ भएको आयोजक समितिका कोषाध्यक्ष निर्मला निरौला जानकारी गराइन् ।

रामसार क्षेत्र माईपोखरी क्षेत्रमा मंसिर १ गतेबाट ८ गतेसम्म महोत्सवबाट ७ लाख ५६ हजार ५ सय ७७ रुपैयाँ वचत भएको आयोजक समितिको प्रचार संयोजक श्याम राईले बताए ।

महोत्सव आयोजक समितिका अध्यक्ष प्रेमनाछिरिङको अध्यक्षतामा भएको सार्वजनिक समारोहमा प्रमुख अतिथि सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले पर्यटन उत्सव सफलताका साथ सम्पन्न गरेकोमा समितिलाई बधाई दिए ।

अध्यक्ष गुरूले सन्दकपुरको विकास पर्यटनबाट हुने भएकाले गाउँपालिकाले पर्यटन प्रवद्र्धनको कामलाई प्राथमिकताका साथ योजना गर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले पर्यटनका माध्यमबाट गाउँपालिकाको अर्थतन्त्र सुधारका लागि काम गर्ने योजनालाई अझ भरोसा दिने गरि त्रिधार्मिक पर्यटन उत्सव समितिले गरेको बताए ।

उपाध्यक्ष लुङ्गेलीले पर्यटनबाट सन्दकपुरको अर्थतन्त्र विकासको काम गर्ने लक्ष्य भएकाले गाउँपालिकाले सूचना केन्द्र, पर्यटक गाइड, आथित्य सत्कार तालिम, यातायात व्यवसायीसँग छलफल र पर्यटन पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिएकोे बताए ।

आयव्यय सार्वजनिक समारोहमा सन्दकपुर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ढाल बहादुर गुरुङ्ग, प्रमुख प्रशासकिय अधिकृत यादव राउत, वडा नम्बर ३ का वडा सदस्य कमल निरौला, नेपाली काग्रेसका जिल्ला सहसचिव देवेन्द्र सुवेदी, महोत्सव समितिका उपाध्यक्ष गृष्म सुब्बा लगायतले माईपोखरीको विकास, प्रवर्दन र संरक्षणको काम गर्दैे नागरिकको जनविश्वास बढ्ने काम गर्नुपर्नेमा जोड दिए ।

उनिहरूले माईपोखरी क्षेत्रका पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिदै, महोत्सवले आर्थिक समिति संयोजक नेत्र रिजालले महोत्सव अवधिभर संकलन भएका भेटिहरुको पारदर्शी तरिकाले राखिएको बताए ।

आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङले गाउँपालिकाको संरक्षणमा भएको पर्यटन महोत्सव सफलतापूर्वक सम्पन्न गरिएकाले सबै सहयोगीहरु प्रति धन्यवाद भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार