‘बालबालिका सम्बन्धि भएका नीति कार्यान्वय भए समग्र बालविकासमा सहयोग पुग्छ’

बालक्लब र बालकोषमा गरी ५ लाख ८० हजार सहयोग


याम माबोहाङ लिम्बू  268 पटक हेरिएको

इलाम: स्थानीय तहमा बालबालिका सम्बन्धि भएका नीति कार्यान्वयन भए समग्र बालविकासमा सहयोग पुग्ने मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।

बालअधिकार संरक्षणका लागि ऐक्यबद्धता दोस्रो चरणको परियोजना सम्पन्न भएको जानकारी गराउँन भएको पत्रकार सम्मेलनमा दीगो विकासको आधारको रूपमा रहेको बालबालिकाको समग्र विकास गर्न बालबालिका सम्बन्धि भएका नीति तथा कानुनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

परियोजनाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार स्थानीय तहमा बालबालिका सम्बन्धी ऐन २०७५ कार्यान्वयन हुन सकेको छैन । कतिपय स्थानीय तहले बालबालिका सम्बन्धी कार्यविधि निर्माण गरेपनि त्यसको विधिगत कार्यान्वयन हुन नसकेको जनाइएको छ ।


‘स्थानीय तहले बालबालिकाको समग्र विकास गर्न बालबालिका सम्वन्धि ऐनको प्रभावकारी कार्यान्वयन हुनपर्छ परियोजना संयोजक रूद्र थेबेले भने-बालबालिका सम्बन्धि कार्यविधि निर्माण र कार्यान्वयन गर्नुपर्छ ।’

संयोजक थेबेले स्थानीय तहमा बालबालिका सम्वन्धि कार्यक्रम, कार्ययोजना निर्माण, बालबालिकाको सवालहरूमा साझा बुझाई, बाल क्लव, बाल सञ्जाल तथा बालबालिकाले बालअधिकार र सेवाप्रवाह बारेमा सरोकारवा जानकार हुनुपर्नेमा जोड दिए ।

बालबाललिको सवालमा जनप्रतिनिधि, शिक्षक लागयत सरोकारवालाले बालबालिकाको बारेमा थप क्रियाशिल र संवेदनशिल भएर बालकोषको स्थापना गर्न सके मात्र दीगो विकासका लागि बालबालिको समग्र विकास हुने बताइएको छ ।

बालबालिकाको समग्र विकासका लागि नीतिगत व्यवस्थामा जोड दिएको परियोजनाले परियोजना क्षेत्रका स्थानीय तहमा बालबालिका ऐनलाई प्रभाकारी कार्यान्वयन गर्न स्थानीय बालअधिकार समितिलाई तालिम, बाल सञ्जाल गठन तथा क्षमता विकास सम्बन्धि तालिम सञ्चालन गरेको थियो ।

मञ्चले सञ्चालन गरेको बालअधिकार संरक्षणका लागि ऐक्यबद्धता दोस्रो चरणको परियोजना सञ्चालनका क्रममा पनि स्थानीयत तह अझै बालबालिका सम्बन्धी अधिकार दिलाउन उदार नदेखिएको पाइएको जनाएको छ ।

मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले कतिपय पालिकामा बालबालिका सम्बन्धि वस्तुगत विवरण समेत नभएको बताउँदै भने-‘कुन बालबालिकाको अवस्था कस्तो छ, त्यो पनि सरोकारवालाई जानकारी नै छैन ।’

किन्नरमिसनरेक जर्मनीको सहयोगमा मञ्चले सञ्चालन गरेको परियोजनाको दोस्रो चरणमा इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका एक-एक पालिकामा बालबालिकाको समग्र विकासको सवालमा नीतिगत व्यवस्थान गर्न सहयोग गरेको बताइएको छ ।

परियोजना पाँचथरमा हुकोडेक नेपाल, ताप्लेजुङमा इसिडिएफ नेपाल र तेह्रथुममा देउराली सोसाईटीले सञ्चालन गरेका थिए

४ लाख ८० हजार बराबरको अतिरिक्त क्रियाकलाप सामग्री वितरण


परियोजनाले ४ लाख ८० हजार बराबरको अतिरिक्त क्रियाकलाप सामग्री वितरण गरेको छ ।

परियोजना क्षेत्रका ३२ माध्यमिक विद्यालयका बालक्लबलाई अतिरिक्त क्रियाकलाप सञ्चानल सामग्री वितरण गरेको जनाइएको छ ।

बाल क्लबलाई क्रियाशिल बनाउँन अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सहयोग गरेको परियोजना संयोजक रूद्र थेबेले जनाकारी गराए । उनका अनुसार अतिरिक्त क्रियाकलापका लागि खेलकुद तथा भित्तेपत्रिका प्रकाशन सामग्री दिएको छ ।
यसका साथै परियोजना क्षेत्रका ९ जनालाई मानवीय सहयोग समेत गरेको छ ।

परियोजनाले तेह्रथुम आठराई गाँउपालिकाको १ बालिका इलाम जिल्लाको सन्दकपुर गाँउपालिकाका ३ जना बालक र माईजोगमाई गाँउपालिका २ बालिका र ३ बालकलाई विद्यालय पोशाक, झोला लगायतका सामग्री सहयोग गरिएको छ ।
परियोजना संचालन भएको जिल्लामा विपदमा परेका, आर्थिक अवस्था कमजोर भई विद्यालय जानका लागि समस्या परेका बालबालिकालाई सहयोग गरेको हो ।

बालकोष स्थानपना गर्न एक लाख सहयोग

परियोजना सञ्चालन भएको स्थानीय तहमा बालकोष स्थानपना गर्न एक लाख सहयोग गरेको छ ।

विपद वा जोखिममा परेका बालबालिकालाई उद्धार, राहत, पुर्नस्थापना र पुनमिलनको लागि संस्थाले कार्यक्रम संचालन गर्न इलामको सन्दकपुर, पाँचथरको फिदिम, ताप्लेजुङ्गको आठराइत्रिवेणी र तेह्रथुमको छथर गाउँपालिकामा २५ हजार रुपैयाँका दरले बालकोष स्थापना गर्न सहयोग गरिएको मञ्चले जनाएको छ ।

बालक्लवहरुले राष्ट्रिय बालदिवस लगायत विभिन्न समयमा हाजिरी जवाफ, वादबिवाद, चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, खेलकुद, धुम्रपान विरुद्धको अभियान, सचेतनाका सम्बन्धी नाटक, सरसफाई, भितेपत्रिका प्रकाशन, विद्यालय परिसर, वडा कार्यालयको परिसर र स्वास्थ्य कार्यलकको परिसरमा फुलबारी निमाणर् गर्ने कार्य गर्न थालेको परियोजनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार