‘पहिचानवादीको आन्दोलनलाई वार्ता मार्फत समाधान गर्नुुहोस’-पहाडी


याम माबोहाङ लिम्बू  175 पटक हेरिएको

इलामः मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले पहिचानवादीको आन्दोलनलाई वार्ता मार्फत समाधान गर्नु पर्ने बताए ।

मानव अधिकार तथा शान्ति समाज इलामद्वारा आयोजित कार्यक्रम ‘लोकतन्त्रको प्राण: सुशासन र सदभाव’ विषायक नागरिक सम्बादमा बोल्दैे मंगलबार नेपाली समाजको पहिचान भनेको विविधता भएकोले प्रदेशको नाम कोशी खारेजीको माग गर्दै भइरहेको आन्दोलनलाई सम्वाद मार्फत समाधान गर्न आग्रह गरे ।

७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा भएको कार्यक्रममा ‘नेपाली पहिचानलाई उत्सवको रूपमा लिनुहोस अधिकारकर्मी पहाडीले भने-सहमती गर्नुहोस । आन्दोलनरत पक्षलाई वार्ता वा सम्बाद गरेर मनाउँनुहोस । सबैको पहिचानलाई स्वीकार्य बनाउँनु होस ।’

समाजका अगुवा पहाडीले पहिचानको नाममा भईरहेको आन्दोलनको शैली मानव अधिकार सम्मत छैन । यस्तो आन्दोलनले नैतिक शक्ति कमजोर हुन्छ, भन्दै  नागरिक समाज कोशी नामको सवालमा छलफल गर्न तयार भएको बताए ।

लोकतन्त्रिक गणतन्त्रात्मक शासन पद्दतिलाई दीगो बनाउँन मधेसी र जनजातिलाई विश्वासमा नलिए सुशासन नहुँने बताउँदै पहाडीले सिहं दरबारदेखि स्थानीय तहसम्मा भ्रष्टाचार मौलाएको शासन पद्दति नै फेर्नुपर्छ भन्नेलाई संकेत गर्दै टाउकोमा जुम्रा परेमा टाउकै काटेर फाल्ने कि जुम्राको दबाई गर्ने भनेर प्रश्न गरे ।

‘चर्चा कमाउँने नाममा पद खराब होइन, शासन खराब भएकोले अहिलेको सासंद राष्ट्रिय पञ्चायत भएको छ अधिकारर्मी पहाडीले भने-नागरिक असन्तुष्टि भए शासनसत्ता टिक्दैन । नेतृत्वले सत्ताको लाभ मात्रै लिदै गएका छन् । जेजे गरेपनि हुुन्छ भनेर लागेका छन् । न्यायलयलाई धम्क्याइएको छ । देश तस्करीको चँगुलमा छ । एक दिन अन्तराष्ट्रिय हस्तछेप हुुन्छ ।’

पहाडीले भने-‘विगतमा भएको गम्भिर मानव अधिकार उल्लंघनका विषय उठान हुनु पर्छ । राजनीतिक नेतृत्वले नागरिकका सवाललाई सम्बोधन गर्नुपर्छ । सासंदबाटै मानव अधिकार मैत्री हुन आवश्यक छ ।

नेपालको परराष्ट्र नीति शान्ति र अहिंसा हुनपर्छ, मानव अधिकारकर्मी पहाडीले भने- ‘पार्टीको नाममा धर्म र जातीको राजनीतिले देशलाई उकालो लगाउँदैन । लोकतन्त्र रहेसम्म सम्वाद गर्न पाइन्छ । पार्टी स्थायी होइन, शान्ति र अहिंसाका लागि प्रतिबद्व हुनुपर्छ । सधै नागरिकको सवालमा सरोकारवाला गम्भिर हुनुपर्छ ।’

मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष तिर्थ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, बरिष्ठ अधिबक्ता जसबहादुर लुङ्गेली, विभिन्न राजनीतिक दलका प्रतिनीधि, विभिन्न संघसंस्थाका प्रतिनीति, प्राध्यापक, अधिकारकर्मी, सञ्चारकर्मी सहभागी कार्यक्रममा ‘लोकतन्त्रको प्राण: सुशासन र सदभाव’ कार्यपत्रका विषयमा बोल्दै लोकतन्त्रको प्राणको रूपमा रहेको सुशासन सबै ठाउँमा संस्थागत हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रस्तुत भएको कार्यपत्र :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार