‘प्रथम एनआरएनए इलाम गोल्डकप’को शनिबार हुने उद्घाटन खेलमा २ राष्ट्रिय खेलाडी मैदानमा

एक विदेशीसँगै २ क्लबका खेलाडी समेत रेडहर्षका तर्फबाट खेल्नेछन्


याम माबोहाङ लिम्बू  226 पटक हेरिएको

इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ को विभिन्न सांस्कृतिक झाँकी सहित शनिबार अर्थात भोली उद्घाटन हुँदैछ ।

इलाम बजारको ठूलो टँुडिखेलमा हुुँने प्रतियोगिताको उद्घाटन खेल आयोजक रेडहर्ष फूटबल क्लब र भारत दार्जीलिङको मानेभञ्ज्याङ फ्रेण्ड क्बल बीच खेल हुने जनाएको छ ।

उद्घाटन खेलमा एक विदेशी सहित दुई राष्ट्रिय खेलाडीको खेल हर्न पाइने । आयोजक रेडहर्षका तर्फबाट विदेशी खेलाडी पेपे, राष्ट्रिय टिममा अनुबन्धित छिरिङ गुरूङ र उत्सव राई मैदानमा देखिने छन् । यस्तै जवालाखेल युथ क्लबका बिशाल तामाङ र चितवन फ्रेण्डस क्लब तथा शसस्त्र प्रहरीका खेलाडी सरण बस्नेतले पनि रेडहर्षका तर्फबाट खेल्नेछन् ।

खेल हुँनुभन्दा अघि हुँने उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकी सहित मार्च पास गरिने क्लबका महासचिव प्रितम लिम्बूले जानकारी गराए ।

निशुल्क रूपमा सहभागी हुँन सकिने उद्घाटन समारोहमा भ्वाइस अफ नेपालका विजेता विनोद राई र गायक यम बरालको सांगितिक प्रस्तुति रहने छ ।

प्रतियोगिता माघ १३ गते सम्पन्न हुने प्रतियोगितामा नेपालका सात र बाहिरको एक गरी आठ टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीको समेत पुरस्कार व्यवस्था गरिएको जनाइएको छ ।

अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ । अन्यले भने प्रथम चरणको खेलमा हेर्न एक सय सेमी फाइन दुई सय र फाइनल खेलमा तीन सय शुल्क लाग्ने आयोजनले जनाएको छ । खेल हेर्नेले शनिबार बिहान १० बजेपछि खेलमैदानकाे रत्न चोक चौतारीमा बनाइएकाे बिक्री केन्द्रबाट टिकट खरिद गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार