इलाम गोल्डकपको उद्घाटन खेलमा नवयुगको ह्याट्रिक, रेडहर्ष सेमिफाइनलमा


सरिता राई  340 पटक हेरिएको


इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ को शनिबार भएको उद्घाटन खेलमा आयोजक रेडहर्ष फूटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको दार्जिलिङ मानेभञ्ज्याङ फ्रेण्डस क्लबलाई ४ शुन्यले हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेल शुरू भएको १५ मिनेटमा आयोजकतर्फबाट जर्सी नम्बर ११ का उत्सव राईले बललाई जाली चुमाउँदै अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा रेडहर्षलाई राष्ट्रिय खेलाडीको अनुभव बटुलिसकेका जर्सी नम्बर १८ इलामकै नवयुग श्रेष्ठले लगातार ३ गोल गर्दै सेमिफाइनलको सुनिश्चित गराएको हो । श्रेष्ठ उद्घाटन खेलको म्यान अफ दि म्याच घोषित भए ।


आयोजक टोली राष्ट्रिय टिमका अनुभवी इलामकै नवयुग, अर्का खेलाडी छिरिङ गुरुङसहित मैदान उत्रेका थिए ।

भोलि (आइतबार)को खेल इटहरीको राष्ट्रिय जागृति र झापाको बिर्तामोड युनाइटेडबीच हुने जनाइएको छ ।

प्रतियोगिताको उद्घाटनका अवसरमा इलामका गायक यम बराल र भोईस अफ नेपाल सिजन ५ का विजेता बिनोद राईले सांगितिक मनोरञ्जन गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार