इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ को आइतबार भएको खेलमा बिर्तामोड युनाइटेड झापा ३-० गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
गोल्डकपमा झापा सेमिफाइनलमा उक्लिएसँगै राष्ट्रिय जागृति क्ल्ब सुनसरीलाई घर फर्काएको हो ।
झापाका लागि हिसुप थपलिया र प्रशान्त लक्साम निणर्ायक बने । खेलको पहिलो हापको ३८ औं मिनटनमा थपलियाले पहिलो गोल गरे ।
राष्ट्रिय खेलाडिका रूपमा पहिचान बनाएका थपलियाले खेलको ५१ औं मिनटमा एक गोल थप्दै दुई गोलले झापालाई अग्रता दिलाए ।
खेलका ८६ औँ मिनेटमा प्रशान्त लक्समले अवसरको सदुपयोग गर्दै बललाई जाली चुमाउँदै झापालाई ३-० को फराकिलो अन्तर बनाए ।
थपलियाले म्यान अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार पुुरस्कार समेत हात परे । उनलाई समर्पित सेक्युरिटीका प्रमुख विजय बस्नेतले नगद पाँच हजारसहित ट्रफी प्रदान गरे ।
रेडहर्स एफसी इलामले आयोजना गरेको गोल्डकपमा भोली (सोमबार) काठमाडौँको न्यू रोड टिम (एनआरटी)ले सर्लाहीको बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
गोल्डकपको विजेता टोलीले नगद ५ लाखसहित ट्रफी पाउने छ ।