इलामः इलाम गोल्डकपको सोमबार भएको खेलमा टाइब्रेकरमा भाग्यमानी बन्दैै न्यूरोड टिम (एनआरटी) काठमाण्डौं सेमिफाइनलमा प्रवेश गरेको छ ।
टाइब्रेकरमा बागमतीविरुद्ध एनआरटी ४-३ गोल गरेर सेमिफाइनलमा प्रवेशसँगै बागमती युवा क्लब सर्लाहीलाई घर फर्काएको हो ।
इलाम बजारको ठूलो टुँडिखेलमा भइरहेको खेलमा बागमतीका खेलाडिले प्रहार गरेको बलले दिशा नलिदा ३ गोलमा चित्त बुझाउँनु पर्यो ।
कप्तान देवा गुरुङको प्रहार एनआरटीका गोल रक्षक प्रिसोले रोकेपछि बागमती पहिलो चरणबाटै घर फर्किनु परेको हो ।
बागमतीका विमल घिसिङ, आयुष रानामगर र अभिषेक महतोको प्रहारमात्र गोलमा परिणत भएको थियो । बाग्मतीकै निर्मल घिसिङको प्रहारले समेत जाली चुम्न सकेन ।
एनआरटीका सनम लिम्बू, सरोज तामाङ, सुमित श्रेष्ठ र जय गुरुङले बललाई जाली चुमाउँदै ४ गोल गरे ।
प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन । १५ मिनेटको अतिरिक्त समयमा पनि खेल निणर्यमा नपुगेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको म्यान अफ दी म्याच बागमतीका आयुष रानामगर भए । उनलाई फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनाल र एनआरएनएका प्रतिनिधि मनिष शेर्पाले नगद ५ हजारसहित ट्रफी प्रदान गरे ।
आफ्नो समुहले उत्कृष्ट टिमसँग खेलेको अनुभव भएपनि खेलमा फिनिसिङ्ग नपुगेकोले खेल हार्नु परेको बाग्मती कोच सुनिल श्रेष्ठ पोष्ट म्याच कनफ्रेन्समा प्रतिकृया दिदै खेलमा हारेपनि राम्रो अनुभव बटुलेको बताए ।
डिभिजनको छैटौ स्थानमा रहेतापनि एनाआरटिका कोच हरि ओम श्रेष्ठले भने अहिले आफुहरुको लिग प्रिमियरको तयारीले सेट समुहको अभ्यास गराउन नपाएकाले खेल सोचे जस्तो नभएको सञ्चारकर्मीलाई प्रतिकृया दिए ।
रेडहर्स एफसी इलामले आयोजना गरेको गोल्डकपमा भोलि (मंगलबार) एनएसएल टिम बुटबल लुम्बिनी एफसी र पाँचथर फुटबल क्लबबीच हुनेछ ।
गोल्डकपको विजेता टोलीले नगद ५ लाखसहित ट्रफी पाउने छ ।