ट्राइबेकरमा लुम्बिनी चुक्दा पाँचथर सेमिफाइनमा


याम माबोहाङ लिम्बू  227 पटक हेरिएको

इलामः इलाम गोल्डकपको मंगलबार भएको अन्तिम क्वाटर फाइनलमा पाँचथर फ्रेण्डस क्लब विजयी भएको छ ।

ट्राइबेकरमा पछि पार्दै पाँचथर सेमिफाइनमा पुग्दा बुटवल लुम्बिनी फ्रेण्डस क्लब घर फर्र्र्किएको छ ।


दुवै टोलीले २-२ बराबरी नतिजामा निर्धारित ९० मिनेटको समय समाप्तिको ह्वीसिल रेफ्रिले बजाएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।

पाँचथरलाई सेमिफाइनमा पुर्‍याउँन टिम कप्तान रोशन आङ्देम्बे, सिमान्त थापाले खेल समयमा एक एक गोल गरेका थिए ।
खेलको पाँच मिनटमै पाँचथरका खेलाडि अशोक खवासले हाने फ्रिकिकलाई रोशन आङदेम्बेले हेड मार्फत गोल गरेका थिए । त्यसपछि लुम्बिनीका तर्फबाट स्टेफनले खेलको ३६ औं मिनटमा फ्रिकिक मार्फत सिधैं जाली चुमाए ।

खेलको ३८ औं मिनटमा पाँचथरका पारस कार्कीले कर्नर किक गरेको बल गोल रक्षक मोहम्मद मोसीको हातबाट खुस्किएपछि सिमान्त थापाले गोल गर्ने अवसर पाए । खेलको पहिलो हाफमा पाँचथर दुई र लुम्बिनी एक नतिजा दोस्रो हाफमा बराबरीमा बदलिएको थियो । यसक लागि दोस्रो हाफ समय शुरू भएको पाँच मिनट नबित्दै लुम्बिनीका तर्फबाट गोल गर्दै स्टेफन न्यामले खेललाई बराबरी बनाए ।

ट्राइबेकरमा पाँचथरले चार गोल गर्दै विजय सुनिश्चित गर्‍यो । यसमा सुनिल खड्का, अशोक खवास, मञ्जिल खड्का र रोमन भूजेलले बललाई जाली चुमाए । भने सिमान्त थापाले हानेको बल बुटवल लुम्बिनीका गोल रक्षक मोहम्मद मोसीले रोकेका थिए ।

लुम्बिनीले ट्राईबेकरमा तीन गोल मात्र जोड्न सफल भयो । यसका लागि मार्टिन, विजय लामा, चन्दन दासले बललाई जाली चुमाए । भने जनक कोइराला र अनिल महर्जनले हानेको बल जाली चुम्न सकेन ।

खेलको म्यान अफ दि म्याच पाँचथरका रोशन आङदेम्बे घोषित भए । उनले नगद पाँच हजार नगद सहित ट्रफि इलाम नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नरेश श्रेष्ठले प्रदान गरे ।

पोष्ट म्याच मन्फ्रेन्समा संक्षिप्त प्रतिकृया दिदै लुम्बिनीका कोच कौशल खनालले सोचे जस्तो खेल हुन नसकेको स्वीकार गर्दै टिमले केही अवसर सदुपयोग गर्न नसक्दा विजय हाल नलागेको बताए । पाँचथरका टिम कप्तानले भने अवसरलाई सदुपयोग गर्न सकेपनि नतिजा चित्त बुझ्दो नरहेको बताउँदै यो खेलको अनुभवले आउँदो खेल सुधार्ने प्रतिकृया दिए ।

रेडहर्स एफसी इलामले आयोजना गरेको गोल्डकपमा भोलि बुधबारदेखि सेमि फाइनलका खेल हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार