इलाम गोल्डकपमा बुधबार देखि सेमिफाइनका खेल हुँदै !


सेवारो खबर  122 पटक हेरिएको

इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’मा बुधबार देखि सेमिफाइनका खेल हुनेछन् । इलामको ठूलो टुुँडिखेलमा भइरहेको खेलमा आयोजक रेडहर्ष फूटबल क्लब र न्यूरोड टिम काठमाण्डौं बीच पहिलो सेमिफाइलनको खेल हुने जनाइएको छ ।

रेडहर्ष फूटबल क्लबले भारतको दार्जिलिङ मानेभञ्ज्याङ फ्रेण्डस क्लबलाई ४ शुन्यले हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

रेडहर्षको सेमिफाइनल यात्राका लागि आयोजकतर्फबाट उत्सव राईले एक र नवयुग श्रेष्ठले तीन गोल गरेका थिए ।
निर्धारित समयमा बराबरी खेलेका न्यूरोड टिम (एनआरटी) काठमाण्डाले टाइब्रेकरमा बाग्मती युथ क्लब सर्लाहीलाई ४-३ ले पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनल
बिहिबार हुने सेमिफाइनलमा बितामोड युनाइटेड झापा र पाँचथर फ्रेण्डस क्बल बीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

बितामोड युनाइटेड झापाले राष्ट्रिय जागृति क्ल्ब सुनसरीलाई ३-० गोलले पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । झापाका लागि हिसुप थपलिया र प्रशान्त लक्साम निणर्ायक बने ।

निर्धारित समयमा २-२ बराबरीखेलको पाँचथरले बुटवल लुम्बिनी फ्रेण्डस क्लबलाई टाइब्रेकरमा पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पाँथरका लागि कप्तान रोशन आङदेम्बे, स्टेफन र टाइब्रेकरमा सुनिल खड्का, अशोक खवास, मञ्जिल खड्का र रोमन भूजेलले योगदान गरे ।

गोलडकपको विजेताले विजेता टोलीले नगद ५ लाखसहित ट्रफी पाउनेखलेको फाइनल खेल माघ १३ गते शनिबार हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार