इलाम: आउँदो फागुन २ देख ७ गतेसम्म इलाममा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ओएसिश क्लब इलामको आयोजनामा हुने खेलमा कम्तिमा ८ टिमको सहभागिता रहने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
झापा, पाँचथर, आयोजक ओएसिश क्बल, विभागीय शसस्त्र प्रहरी, नेपाल आर्मीको प्रादेशिक टिम, भारत दार्जीलिङको मानेभञ्ज्याङ क्लब सँगै अन्य क्लबसँग पनि सहभागिता सुनिश्चितताको विषयमा निरन्तर सम्पर्क भइरहेको क्ल्बका सचिव रोशन राईले बताए ।
एन्फा इलाम र फुटबल संघको प्राविधिक सहयोग हुने गोल्डकपका विजेताले २ लाख र उपविजेताले १ लाख नगदसँगै ट्रफी मेडल पाउँनेछन् । यसका साथै खेलको प्रत्येक दिन उत्कृष्ट खेलाडिलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । खेल अवधिभरमा धेरै गालकर्ता, उत्कृष्ट डिफेन्डर, गोल रक्षक, मिड फिल्डर, राइजिङ खेलाडि छनौट गरी आकर्षक पुरस्कार दिइने बताइएको छ ।
ओएसिस क्लब इलामको आयोजनामा यहि फागुन २ गतेबाट ७ गतेसम्म महिला इलाम गोल्डकप सन्चालन हुदैछ। उत्त खेलमा ८ वटा टिमको सहभागिता रहनेछ।
हालसम्म झापा , पाँचथर जिल्लाको फुटबल टिमसंग कुरा भैसकेको साथै मानेभञ्ज्याङ क्लब सँग समन्वय गरिरहेको क्ल्बका सचिव रोशन राईले बताएका हुन। साथै विभागिय टिमसँग समेत निरन्तर कुराकानी गरिरहेको आज एक पत्रकार सम्म्मेलन गरि जानकारी गराएका हुन।
खेल इलामको ठुलो टुँडिखेलमा निशुल्क हेर्न पाइने खेलले महिला खेलाडिको खेलकुदमा सहयोग पुग्ने प्रदेश फुटबल संघका महासचिव पुर्ण फत्रले बताए । उनले लामो समय महिला फुटबल खेल नभएको सययमा खेलाडिको हौसलाका लागि पनि यो खेल सम्मानजनक हुँने विश्वास व्यक्त गरे ।
क्लबका अध्यक्ष च्याङ्ग मुखियाले इलाममा एकपछि अर्को खेलकुदका कार्यक्रमलाई व्यवस्थापन गर्न अन्य सहकर्मी क्लबसँग निरन्तर समन्वय र सहकार्य गरिरहेको जानकारी गराए । उनले खेलकुद कार्यक्रम सञ्चालन गर्न पुर्व जिल्ला फुटबल संघलाई जानकारी दिएपछि अनुमति लिएर खेल आयोजना गर्न लागेकोले आफुहरु यसको पूर्ण तयारीमा लागेको बताए ।