‘न्यायिक समितिलाई हाउगुजी नबनाउँ’-न्यायधिश दाहाल


सरिता राई  250 पटक हेरिएको

इलाम: मानव अधिकार मन्च इलाले जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालसँग विहिवार  फेरि भेटौला कार्यक्रम गरेको छ ।

न्यायिक समितको फैसला कार्यान्वयन सम्बन्धि प्रशिक्षक प्रशिक्षणसँगै भएको फेरि भेटौला कार्यक्रममका बोल्दै न्यायधिस दाहालले स्थानीय सरकारले न्यायिक समितिको क्षेत्राधिकारलाई हाउगुजी नबनाउँन आग्रह गरे ।

न्यायधिश दाहालले जिल्लाको केही स्थानीय तहलाई उदृत गर्दै न्यायिक समितिको क्षेत्राधिकार प्रयोग गर्न डराउने जनप्रतिनिधले ठूला भाषण गर्दै हिड्दा विधिको शासन अलमलिएको बताए । “नागरिकको सर्वसुलभ न्याय पाउँने अधिकारलाई सुनिश्चित गर्न कानुन कार्यान्वयनमा जोड दिनुपर्छ । जनप्रतिनीधि यसमा संवेदनशिल भएर लाग्नु पर्छ । अधिकार प्रयोग गर्नेले आफ्नो क्षेत्राधिकार थाहा पाउँनु पर्छ, उनले भने ।”

दाहालले स्थानीय तहको संरचना निर्माण भएको लामो समयमा इलामका न्यायिक समितिले भरपुर अभिमुखिकरण तालिम पाएका छन् तर न्याय सम्पादनका सवालमा न्यायिक समितिका जनप्रतिनीधिले काग कराउँदै गर्छ पीना सुक्दै गर्छ भने जस्तै  गरेको समितिको अनुगमन गर्दा थाहा भएको बताए ।

“अझैपनि स्थनीय तहको न्यायिक समिति क्षेत्राधिकारको विषयमा स्पष्ट देखिएन न्यायधिश दाहालले भने न्याय सम्पादनले मानव अधिकारसँग सम्बन्ध राख्छ । क्षेत्राधिकारमा न्यायिक समिति प्रष्ट नहुँदा सोझै अदालतमा पठाउने गरेको उदाहरण छ ।”

न्यायधिश दाहालले न्यायिक समितिका जनप्रतिनीधिलाई डर छ त्यसैले कार्य सम्पादनमा पछि सरेका हुन तर नागरिकको न्यायको काममा विधि सम्मत काम गर्न डराउनु पर्दैन । तर विधि सम्मत कार्य सम्पादनका विषय नागरिकसम्म पुर्याउँन योजनाबद्ध काम गर्न आग्रह गरे ।

बरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेलिले जिल्ला न्यायिक समितिले पाएको सीपलाई उपयोग चित्तबुझ्दो रुपमा नगरेको थाहा पाउँदा दुख लागेको बताए । उनले यतिका बर्ष तालिम दिएर सीप दिइयो कार्य शैलीमा फरक नपाउँदा तालिम दिने नै उस्तो भइयो की भनेर प्रश्न समेत गरे ।

अभिमुखिकरण तथा तालिमबाट प्राप्त भएको सीपलाई उपयोग गरेर न्यायिक समितिले विधि कार्य सम्पादन गर्नु पर्नेमा जोड दिदै अधिवक्ता लुङ्गेलीले नागरिकको न्यायिक अधिकारलाई सर्वसुलभ बनाउँन आग्रह गरे ।

मन्चका अध्यक्ष मोहबसिंह थेवेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले सरकारको सहयोगका लागि लामो समयदेखि संस्थाले काम गर्दै आएको जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार