माईजोगमाईको प्याङमा जेष्ठ नागरिक सम्मान


सेवारो खबर  72 पटक हेरिएको

माईजोगमाई: माई जोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङमा शुक्रबार जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । वडाका २० जेष्ठ नागरिकहरुलाई सम्मान तथा फाईबर सिरक प्रदान दिइएको छ ।

८३ बर्षदेखी ८६ बर्षका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप फाईवर सिरक प्रदान गरिएको हो । अन्य उमेर समुहका जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिने सामाजिक बिकास शाखा प्रमुख मानबहादुर पौडेलले जानकारी गराए ।

वडाध्यक्ष दिपेश सोङ्मीको अध्यक्षतामा भएको कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे उपाध्यक्ष प्रविना राईको उपस्थीति रहेको थियो ।

सम्मान कार्यक्रममा कार्यपालिका सदस्यहरु वडा सदस्यहरु स्थानीयबासीको समेत उपस्थितिमा कार्यक्रम वडा सचिव तुलसा नेपालले सञ्चालन गरिन ।

यसअघि वडा नम्बर ३ का  २० ज्येष्ठ नागरिकलाई सम्मान तथा जाडोमा न्यानो कपडा वितरण गरेको छ । पालिकाका छ वटै वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार