प्रथम देउमाई कपको उदघाटन खेलमा माई नगरपालिका विजयी

आइतबार दुई खेल हुँदै


सेवारो खबर  181 पटक हेरिएको

देउमाई: प्रथम देउमाई कपको उदघाटन खेलमा माई नगरपालिका विजयी भएको छ । देउमाई नगरपालिकालाई २- १ ले पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

खेलको ३१ औँ मिनेटमा माईको तर्फबाट सुगम सुब्बाले प्रहार गरेको बलले जाली चुम्यो । मध्यान्तर पछि ७० औँ मिनेटमा माईका  मनबहादुर मगरको प्रहार निर्णायक बन्यो ।

खेलको म्यान अफ दि म्याच माईका गोल गर्ने खेलाडी मनबहादुर मगर घोषित भए । उनलाई नगद दुई हजार सहित ट्रफी हात पारे ।

देउमाई नगरपालिकाको तर्फबाट ६७ औँ मिनेटमा रबीन मगरले एक गोल फर्काए ।

देउमाई स्पोटिङ क्लब मङ्गलबारेले आयोजना गरेको प्रथम अन्तरपालिका स्तरीय खेलमा आइतबार मध्यान्न १२ बजे पहिलो खेल माङ्सेबुङ र सन्दकपुर गाउँपालिकाबिच हुने छ । भने दोस्रो खेल दिउसो दुई बजे माईजोगमाई गाउँपालिका र इलाम नगरपालिका बिच हुने देउमाई स्पोटिङ क्लबका प्रचार संयोजक मौसम खनालले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुने छ । विजेताले दुइ लाख, उपविजेताले एक लाख नगर ट्रफी मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार