देउमाई: प्रथम देउमाई कपको आइतबार दुई खेल सम्पन्न भएको छ । भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा भएको खेलमा सन्दकपुर गाउँपालिका र इलामन नगरपालिका विजयी भएका छन् ।
पहिलो खेलमा सन्दकपुरले माङ्सेबुङ गाउँपालिकालाई ६ -५ अन्तरले पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
खेल शुरु भएको ८औ मिनटमा सन्दकपुरका श्याम मुर्मले पहिलो गोल गर्दै टिमलाई दिएको अग्रता पुरै समय टिकेन । ३१ औ मिनटमा माङ्सेबुङ गाउँपालिकाका खेलाडि प्रविन राई एक गोल गर्दै बराबरी बनाउँन सफल भए । दुबै टिमले बाँकी पुरै समय बराबरी खेलेपछि खेल टाईबेकरमा धकेलिएको थियो ।
टाईबेकरमा सन्दकपुरका पाँचै जनाको प्रहरले सही दिशा लियो । माङ्सेबुङका खेलाडिले गरेको पाँच प्रहार मध्ये एक गोल सन्दकपुरका गोल रक्षक पुजन घलेले रोक्दै विजेताको निर्णायक बने । घले पहिलो खेलको म्यान अफ द म्याच बने । उनले नगद दुई हजार सहित ट्रफी हात पारेको म्याच कमिसनर रनबीर लिम्बूले जानकारी गराए ।
आइतबार नै भएको दोस्रो खेलमा इलाम नगरपालिकाले माईजोगमाई गाउँपालिकालाई १-० गोल अन्तरले पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
खेलको ३६ औ मिटनमा इलाम नगरपालिकाका साङ्गे सेर्पाले गरेको पहिलो गोल नै निर्णयक बन्यो । खेलको पुरै समय माईजोगमाईले गोल गर्न सकेन । सेर्पा नै दोस्रो खेलको म्यान अफ द म्याच भए । उनले नगद दुई हजार सहित ट्रफी हात पारे ।
देउमाई स्पोटिङ क्लब मङ्गलबारेले आयोजना भइरहेको प्रथम अन्तरपालिका स्तरीय खेलमा सोमबार पहिलो खेल माई नगरपालिकासँग सूर्योदय नगरपालिका र दोस्रो खेल फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका बीच प्रतिस्पर्धा हुने जनाइएको छ ।
मदुई बजे माईजोगमाई गाउँपालिका र इलाम नगरपालिका बिच हुने देउमाई स्पोटिङ क्लबका प्रचार संयोजक मौसम खनालले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुने छ । विजेताले दुइ लाख, उपविजेताले एक लाख नगर ट्रफी मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।