देउमाई: प्रथम देउमाई कप फूटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएको छ । खेलमा सूर्योदय नगरपालिका र फाफोकथुम गाउँपालिका घर फर्कीए ।
भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा भएको खेलमा माई नगरपालिका र चुलाचुली गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा सूर्योदय नगरपालिकालाई शून्यका विरुद्ध दुई गोल गर्दै माई नगरपालिका सेमिफाइनलको प्रवेश गरेको हो ।
माई नगरपालिकाका सन्दीप राईले ६२ औ र मनबहादुर मगरले ६८ औ मिनेटमा गोल गरे ।
सूर्योदय नगरपालिकाका तर्फबाट गोल हुन सकेन । खेलको म्यान अफ दि म्याच गोल गर्ने खेलाडी मनबहादुर घोषित भए । उनले नगद तीनहजार र ट्रफी हात पारे ।
दोस्रो खेलमा फाकफोकथुम गाउँपालिकालाई ट्राइबेकरमा तीन विरुद्ध पाँच गोल गर्दै चुलाचुली गाउँपालिकाले सेमिफाइनलमा पक्का गरे ।
निर्धारित समयमा दुवै तर्फबाट दुई दुईको बराबरी भएपछि ट्राइबेकरमा धकेलिएको थियो । जसमा फाफोकथुमका तर्फबाट तीन गोल मात्र गर्यो । अन्ततः प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलको म्यान अफ दि म्याच चुलाचुलीका गोल रक्षक किश्मत लिम्बू घोषित भए । उनले नगद तीनहजार सँगै ट्रफी प्राप्त गरे ।
बुधवारको पहिलो खेल मध्यान्न १२ बजे फाल्गुनन्द गाउँपालिका पाँचथर र इलाम नगरपालिका र दोस्रो खेल रोङ र सन्दकपुर गाउँपालिकाबिच हुने देउमाई पोस्टिङ क्लबका प्रचार संयोजक मौसम खनालले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुने छ । प्रथम हुने टिमले नगद दुई लाख पाउने छ भने दोस्रो हुने टिमले एक लाख नगद पाउने छ ।