२० गते माघ हिडेर म साङ्ग्रुम्बाबाट तल आर्जेमा, त्यहाँबाट गुमानेटार पुवा खोला र वेँशी भएर भन्ज्याङ्गमा आएँ । जीउमा पसिना धेरै आएको थियो । प्यारो कुकुर, चङ्गखे बाटोमा तलसम्म आयो । मैले पटक पटक आउन रोके तर उसले मानेन । उसका लागि बाटोमा नातेदारहरुबाट तीन पल्ट सम्म चुनौतिहरु आएका थिए । तर उसले नै विना जोखिमी सामना गरेको थियो अरुले स्वीकारे । त्यसपछि म भज्याङ्गतिर उकालो लागेपछि माथि गोलाई छेउमा एक घरमा रुखमा मरिचको वोटमा फलहरु लागेको देखे ।
मरीच गोला खर्कमा लट्ठै फल्ने रहेछ । त्यहाबाट वश चढने स्थानमा आएँ । अलिअलि कुरा गरे पछि एकजना भाइले तपाई कोहो भनेर परीचय मागे ? मैले विस्तारै उसको कानमा नै नाम भनेपछि “ओहो सर नमस्कार । तपाई त यहाँको सस्थापक हो भने ।” म मनमनै निकै रमाएँ । हिजोमात्र रमाउनु समाउनु, कमाउनु र जमाउनु” पर्दछ भने हिजो मात्र साथिहरुको साथमा तालिममा भनीएको थियो । हामीहरुको यात्राका लागि गाडि आयो । भाइहरुले सरसमामान चाही माथि राखिदिए । म पछाडिबाट भित्र पसे ।
भित्र एकजना वस्नेत क्षेत्री जाँड खाजाले मत्नु भएको रहेछन । जाँडवालाले संसारमा जाँड खानेहरुनै छन भन्ने देखेको हुन्छन । उसले आफुलाई अधिकारी भन्यो । मैले उसलाई सत्य साँच्चो कुरा जाहेर गर्दै आए । उसले नयाँ नयाँ तथ्य जाहेर गर्यो । त्यसलाई मैले जाँचे क्रश चेक पनि गरे तर मिलेन । त्यो मान्छे जड्याहा हो तर चलाख खालको । तर यो कोही सामन्त परीवार भित्रको जन्मेको होला । अनि यो कोदे काजी भएर आफुलाई जड्याहाको मतिमा लगाएको होला भन्ने अनुमान गर्दै गुनेर तल आयौ । माई खोलामा आएपछि तल घाटमा माइबेनिमा कोही मान्छे जलाउन ल्याइएको रहेछ मैले लाश तिर फर्केर हात जोडेर प्रणाम गरी ढोगे ।
माई खोला तरेपछि उसले “गुरुजी गीत लगाउ, गीत लगाउ” भन्दै हिडायो । जव ड्राइभरले लोकगीत लगाए गीत र धुन बजेको तालमा तव उसले वेतालमा हात हल्लाउन पो थाल्यो । मलाई लाग्यो कि यो कोदे काजीले आज खानाको सट्ठा बिहानीनै जाँड खाजा धोकेको होला । फेरि छेउमा ग्रामीण महिला रहिछन, उनले नै यसलाई दपेटलीन भनेर म कम बोल्न थाले । उसले पनि मलाई चिनेको छैन। अब नाँच्ला । यस्ता कोदेहरुका साथमा जीवनको धेरै उकाली ओराली गरेर आइयो । कोदे काजीले भन्दै थियो कि “रणको क्षेत्री, बनको बाहुन । सायद “बनको बाघ” भन्न चाहेर वबर्सेको हो कि ? अनि उसले खै के के सोच्यो ? उसले मलाई बढी कुरा भन्न चाहेन । जडयाहरुको मानसिकता, मनस्थिति र अवस्थापनि अध्ययन गर्न लायक हुन्छ । यो मेण्टल हेल्थको विषयवस्तु भित्र पर्ला कि ?
विषय कोदेकाजीले निकाल्यो है । सुवास जीको ठाँउमा को आउँदछ भन्यो ? “किन कि मैले गाँउमा पसेर बसेर सोधेर आएको थिएँ” भन्ने भनी सकेको थिएँ । त्यो जाँड्याहा, खाजावालाले त याद गरी रहेको रहेछ । कोदो महँगो छ महँगो, छ भनी रहेको थियो । मैले भीमनिधि तिवारीको कविता पनि याद गरे “कोदो बरु महँङ्गो होला मार्सि चामल सस्तो छ, मामा यहाँको माटै यस्तो छ ।
उसले त म तिर हेरेर एक्कासि यहाँ त “घण्टिले जित्दछ पनि भन्यो । मैले मेरो होइन जात अनि नाम भनेर त्यो मान्छे उठेमा के होला ? भनेको त त्यो जड्याहा ले त “त्यो चाँही उठ्यो भने सबै भोट तलारेर लान्छ, त्यो त काठमाण्डौ तिर छ रे, उहीले इलाममा रहँदा बस्दा त त्यसलाई सवैले सवैले जानेको मानेको त्यो त सक्ने र जान्ने मान्छे हो । जित्छ जित्छ त्यसले त भन्यो । मलाई हाँस्सौ कि ? बोलौ कि नवोलौ ? कि यस्तै लागि रहयो । अनि झलनाथ खनाल जी, गोपाल वस्नेत जीहरुको तिर कुरा मोडेको त वल्ल तल्ल उसले भन्यो कि “त्यो त शाखेजुङ्गको बस्नेत क्षेत्री खलकको “जाँड खाजा पानीको लागि लिप्त मानिस” रहेछन । मैले धेरै याद पनि गरिन । बोल्न छोडे, किनकि उत नातै पनि लाग्न सक्ने थियो । मैले त वोल्न कम गरे ।
हाम्रो गाडि विस्तारै गोदकको उकालो तिर लाग्यो । उहीलेको गोदक, नास्पतिको बोटतल माथिको क्षेत्रहरु, भोलिका दिनमा यो स्थान विद्यालय तहको शिक्षामा “हव बन्न पनि सक्दछ ।” किनकि त्यहाँको लोकशन देहरादुन, वा ग्याण्टोक को जस्तो रहेको देखिन्छ । गाडि त फिक्कल, तिर आइपुग्यो । उसले इलाम जिल्लाका लव्ध प्रतिष्ठित तर पुरानो मान्छेको वारेमा कुराहरु झिकयो । “के वी भट्टराई, भरत भट्टराई, माइला र कान्छा वस्नेत, डव्वल सुव्वा र नरवीर सुव्वा भनेपछि मैले नि “त्यो पाशाङ्ग सेर्पा भने । उसले सही थाप्यो । मैले हो हो तर पाशाङ्ग सँग त कुटपीट, लुटपीट, गालि वेइज्जति, घुशखाई साक्षी बकेको भन्ने आदि मुद्धापनि थियो भन्ने कुरा निकाले । त्यो मान्छे ले त एकटकले आँखा रातो पारेर पो म तिर हेर्न थाल्यो । अनि त्यो जँड्याहाले एक टूक्रा अदुवा आपनो कोटको गोजीबाट झिकेर मज्जाले चवायो ।
हरेक जड्याहाहरु इज्जतदार, नैतिकवान, होशियार सज्जन मान्छे सग डराउँदछन । त्यसैले जिम्मेवारीमा पुगेको मान्छेले “खाजा र वाजामा रमाउन छोडनु” पर्दछ । साइजमा आयो । खाजा र वाजा दुई नाता लाग्ने श्व्द हन । तर महिलाले चाही वाजा मन पराउदछ, खाजावालालाई चाही खाजा वेच्छन तर मन पराउदैनन ।
“तपाइलाई यो सारा सारा कुरा के कसरी थाहा भयो” सर ? भन्यो कोदे काजी ले ?
हैन भाई, मैले काठमाण्डौमा मुद्धा केशमा पाइएको कुरा थियो भने र अनि कुरा चाही मोडे । साक्षीमा फत्ते भन्ने मान्छे राखेको हुन्थ्यो भनेपछि उ त “दुलाल जेठो” मेरो क्षिमेकी हो सर भन्न थाल्यो । तिमीले पेन्शन पाउदछौ ? भनेको त सरकारले दिएको छ त्यो त पाइन्छ नित । भन्यो है । जव जव हामीहरु वश स्टान्ड वुट्ठावारीमा आयौ अनि चाही “गुरु जी ले पैशा भाडा दिनुहोस भने ।
तपाइलाई चाही अलि बढि पैशा लाग्दछ नि ? तपाइले मेरो असल भलादमी पेशेन्जरलाई हैरान गराएर पनि यहासम्म मैले सहेर ल्याएको भनेर ठटटा गरे । हेर्दा त सो वस स्ठायाण्ड धुलैधुलो, वाटो वनाउदा सडक वनाउदा त्यस्तै “१ एक सिमेण्ट दश वालुवा र गिट्ठी राखेर वनाएको, त्यस्तै कोदे काजी र ठेकेदार भनाउदाको काम होला । याहाँ त पनि नेता भन्ने भ्रष्टाचारीहरुको सिफारिशमा वनाएको वाटो, नेता र कर्मचारी मिलेर सकेको देश, वसस्टैण्ड खत्तम भएछ ।
वल्ल तल्ल धरान जाने गाडि आएपछि चढेर आइयो । सिटमा सानी सानी नातिनी सरह कि केटी परिछन । उसले आपनो वारेमा भन्दा थाहा पाएँ उनी धरानमा नर्श पढीरहेकी छन अरे ।
उनले आपनो वारेमा जानकारी दिइन । मैले म तीन पल्ट त्यहाँको वारेमा नजिकमा गएर सहभागि भएको कुरा राखे । उनको थेशिसको पनि शीर्षक थाहा पाएपछि अलिकति उनलाई “रिशर्चको मेथड, टूल्श टेक्निक र थ्र्री सि अथात कन्सेप्ट, कन्टेकस्सट र कन्टेन्टश म्याटरका वारेमा पनि वताएँ । उनीले लिटरेचर रिभ्युका लागि पनि मैले भनेको पत्रिका वेभ साइट खोली ई जरनलमा “नेप्जोलको मेडिशीन थिममा गएर अध्ययन गर्नर्” सल्लाह दिएँ । अनि चार वर्ष कडा मिहीनेत गर, चालिश वर्ष राम्रो हुने छ, छोरी भन्दै भन्दै गर्दा हाम्रा गाडि निकै वर आए छ । उनले भनीन कि “सर आज त साथिहरुको वी पी मा हडताल गरेको छन अरे ।
नानी वी पी मा हडताल, टि यु मा भि सि खाली, सरकारमा वेहिसाफ, न्यायमा अराजकता, प्रहरी र सेनामा अनुशासनहिनता, आम जनतामा निराशा भएपनि जनताहरु “सचेत सजग, र जुझारु भएका छन ।” किनकि यो जनता भनेको २०८० को जनता हो । हामी केही पछि परेपनि मरेको हैनौ छैनौ । हिजो २०४६ अगाडि व्यक्तिको शासन थियो, तर आज विधिको शासन छ । त्यसमा सुधार भएर आइरहेको छ । काम त गर्नै पर्दछ नानी भने । तर उनले पनि सिमा भित्र कम रहेको जस्तो मलाई लाग्यो । किनकि उनले घिच्चुकमा “सानीसानी केटीले डोरी नाघने खेलेको टयाटो हानेको रहेछ । सायद यस्तै कोदे काजीको छोराछोरीहरु, जो जसले नैतिक शिक्षा पाएनन, जाँड पानी धाक रवाफ तथा भ्रष्टाचारबाट सम्पत्ति कमाएपछि त्यसको सदुपयोग गर्न नजानेर नचाहेर, जे मन लाग्यो त्यही गरेको होलान ।”
उनी निकै निराश भएको पनि थाहा पाएँ । मैले देश छ, अवसर बनाउन पर्दछ । आपनो मिहीनेत, अध्यनशीलता, अनुशासन कामय राखेर अध्ययन गरी सक्नु । तिमीले काम चाहदामा नेपालमा काम वनाउन सकिएला । हामीपनि लागेका छौ भने । गाडिबाट हामी विराटनगर आउने वश पर्खिन लाग्यौ । उनीहरु धरान तिर वसको सिटमा वसेर लागे । कोदे काजीहरुको नेपाल राज्य भरी विगविगी रहेको देखिन्छ । उनको, उनका सन्तानहरुको परीवार तथा नाताहरुको विगवीगी अहिले पनि कुनै न कुनै रुपमा कायम रहेको देखिन्छ । कोदेकाजीहरु समाजको शान्ति, विकास तथा गतिशीलताका लागि चुनौति हुन । सामना गर्न पर्दछ ।@प्रा. डा नृसिंह खत्री फेसबुकबाट ।