प्रथम देउमाई कप फूटबल प्रतियोगितामा सेमीफाइनल समिकरण पुरा

बुधबारदेखि सेमिफाइनका खेल हुँदै


सेवारो खबर  166 पटक हेरिएको

देउमाई : प्रथम देउमाई कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । आजको खेल सम्पन्न भएसंगै सेमीफाइनल समिकरण पुरा भएको छ । सन्दकपुर गाउँपालिकाको जित र इलाम नगरपालिकाले वाकओभर पाएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बुधबार इलाम नगरपालिका र माई नगरपालिका प्रतिस्पर्धा गर्नेछन् ।

बिहिबार दोश्रो सेमीफाइनलमा सन्दकपुर गाउँपालिका र चुलाचुली गाउँपालिका भिड्नेछन् । माईले उद्धघाटन खेलमा घरेलु टोली देउमाई नगरपालिका र क्वाटरफाइनलमा सूर्योदय नगरपालिकालाई हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । इलामले प्रि–क्वाटरफाइनल खेलमा माईजोगमाई गाउँपालिकालाई हराएको हो । त्यसैगरी क्वाटरफाइनलमा फाल्गुनन्द गाउँपालिका पाँचथर अनुपस्थित भएपछि वाकओभर पाउँदै माई नगरपालिकासंगको भेट पक्का गरेको हो ।

सन्दकपुरले आजको खेलमा रोङ गाउँपालिकालाई ४–२ गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । सन्दकपुरको जितमा सुमन धमलाले ह्याट्रिक गरेका थिए । प्रतियोगिताकै यो पहिलो ह्याट्रिक समेत हो । अविशेक राईको पासमा उनले गोलरक्षकलाई बिट गराउँदै पहिलो गोल गरे । १३ औ मिनेटमा पुजन राईले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोश्रो हाफको ७ औ मिनेटमा पुजनले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएपछि रोङले खेलमा अग्रता बनाएको थियो । अग्रतालाई जोगाउन नसक्दा रोङ अन्तिम ८ बाट पराजित हुन पुग्यो । ५१ औ मिनेटमा कर्नरबाट पाएको अवसरलाई हेडर मार्फत गरेको प्रहार रोङका खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो । २९ औ मिनेटमा धमलाले काउन्टर मुभमा व्यक्तिगत दोश्रो गोल गरे ।

३२ औ मिनेटमा धमलाले ह्रयाट्रिक पुरा गरे । खेलको म्यान अफ दि म्याच सन्दकपुर गाउँपालिकाका खेलाडी सुमन धमला घोषित भए । उनले नगद र ट्रफी प्राप्त गरे । दोश्रो खेलमा फाल्गुनन्द अनुपस्थित भएपछि इलाम नगरपालिकाले वाकओभर पाएको थियो ।@localsandesh.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार