इलाम: जिल्ला प्रशासन कार्यालय इलामले मंगलबार इलाम बजार अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा २ हजार छ सय बराबरको म्याद नाघेको खाद्य सामग्री जफत गरी नष्ट गरेको जनाएको छ ।
अनुगमन टोलीले बजारको ७ पसलमा अनुगमन गरेको छ । बजारका ४ खाद्यन्न २ माछा पसल र एक मिठाई पसलमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, इलाम नगरपालिका समेतको संयुक्त अनुगमन टोलीले पसलहरूले गरेको सेवा तथा वस्तुको गुणस्तर, मापदण्ड, बजार मूल्य, दर्ता प्रक्रिया तथा सेवा प्रवाह शैली लगायत विषय परीक्षण गरिएको थियो ।
पसलमा सामानको मूल्यसूची दैनिक रुपमा अध्यावधिक गरिराख्न, पसलको नामको साइन बोर्ड सबैले देख्ने गरी राख्न, नवीकरण समयमै गर्न, नाप्तौल मेसिन दुरुस्त गरिराख्न, पसल तथा गोदाम घरमा म्याद सकिएका सामानहरू नराख्न निर्देशन दिइएको जनाइएको छ ।