प्रथम ‍ओएशिस महिला गोल्डकपको खेल तालिका सार्वजनिक


इलाम: फागुन ३ देखि ७ गतेसम्म हुने प्रथम ‍ओएशिस महिला गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । क्लबले शुक्रबार पत्रकार सम्मलेन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।

ओएशिस क्लब इलामले टुँडिखेलमा सञ्चालन गर्ने खेलमा नेपाल तथा भारतका गरी ८ टिमले सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

निशुल्क हेर्न पाइने खेलमा फागुन ३ गते उद्घघाटन खेल आयोजक ओएशिस क्लब र भारत दार्जिलिङ मानेभञ्याङ फूटबल क्लब बीच पहिलो खेल हुनेछ । सोही दिन पाँचथर युथ क्लब र दिपेन्द्र शिखर फूटबल क्लब बीच दोस्रो खेल हुने जनाइएको छ ।

यस्तै फागनु ४ गते पहिलो खेल नव बुद्ध युथ क्लब सप्तरी र युनाइटेड देउमाईको खेल दिनको १ बजे हुनेछ । सोही दिन दिउँसो ३ बजे पटना सिटी फूलबल क्लब र बिर्तामोड युनाइटेड बीच खेल हुने क्लबका सचिव रोशन राईले जानकारी गराए ।

खेल तालिका अनुसार फानुग ५ गते सेमिफाइन र प्रजातन्त्र दिवस अर्थात फागुन ७ गते फाइनल खेल हुनेछ ।

एन्फा इलाम र फुटबल संघको  प्राविधिक सहयोग हुने गोल्डकपका विजेताले २ लाख र उपविजेताले १ लाख  नगदसँगै ट्रफी मेडल  पाउँनेछन् । यसका साथै खेलको प्रत्येक दिन उत्कृष्ट खेलाडिलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । खेल अवधिभरमा धेरै गालकर्ता, उत्कृष्ट डिफेन्डर, गोल रक्षक, मिड फिल्डर, राइजिङ खेलाडि छनौट गरी आकर्षक पुरस्कार दिइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार