प्रथम देउमाई कपको च्याम्पियन माई नगरपालिका

उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेन्डर पनि माई नगरपालिकाकै


सेवारो खबर  230 पटक हेरिएको

देउमाई: प्रथम देउमाई कपको च्याम्पियन माई नगरपालिका भएको छ । माई नगरपालिकाले चुलाचुली गाउँपालिकालाई २-१ गोल अन्तरले उपाधि हात पारेको ।

उपाधिका लागि माई नगरपालिकाका खेलाडि हरि मगर निर्णायक बने । उनले  गरेको प्रहारले खेलको ३७ औँ र ८० औँ मिनेटमा जाली चुम्यो ।

खेलको मध्यान्तर पछि छैटौँ मिनेटमा चुलाचुलीका खेलाडी गिल्सन कन्दङ्वाले गोल गरी बनाएको बराबरीबाट अगाडि बड्न नसकेपछि सान्त्वनामा परिणत भयो ।

खेलको म्यान अफ दि म्याच माईका गोल गर्ने खेलाडी हरि मगर घोषित भए । उनले नगद तीन हजार समेत प्राप्त गरे ।

उपाधिसँगै माई नगरपालिकाले नगद दुई लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको चुलाचुलीले एक लाखमा चित्त बुझायो ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेन्डरको उपाधि समेत माई नगरपालिकाका खेलाडिले पाए । माईका निशम दनुवार उत्कृष्ट गोल रक्षक र  सन्दिप राई उत्कृष्ट डिफेन्डर घोषित भए ।

म्याच अफ दि टुर्नामेन्ट चुलाचुलीका आशिष् लावती र प्रतियोगिताको समयमा सर्वाधिक गोलकर्ताको उपाधि सन्दुकपुरका सुमन धमला भए । उनीहरूलाई जनही नगद पाँच हजार पुरस्कार हात परे ।

विजेता टिम तथा खेलाडीहरूलाई देउमाई नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सूर्यप्रसाद पोख्रेल, उप प्रमुख पविमाया राई लगायत कार्यक्रमका अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए ।

खेल समापनका अवसरमा प्रतियोगिता सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने दाता, सहयोगी, मेडिकल टिम, सञ्चारमाध्यम तथा दर्शकहरूलाई आयोजक समितिका अध्यक्ष मणिकुमार तामाङले धन्यवाद व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार