देउमाई : इलामको खान्द्रुङ माध्यमिक विद्यालयले ६७ औं वार्षिक उत्सव मनाउने भएको छ । देउमाई नगरपालिका वडा नम्बर ७ मा रहेको विद्यालयले विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाउने जनाएको छ ।
फागुन ४ देखि ६ गतेसम्म हँने वार्षिक उत्सवमा साँगीतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान र सम्मान कार्यक्रम गरी मनाउने प्रधानाध्यापक काजिमान येक्तेनले जानकारी गराए ।
विद्यालय उत्सवका तयारीमा जुटिरहेको छ । प्रधानाध्यापक येक्तेनका उत्सवको उद्घाटन र अन्तर विद्यावय साङ्गितीक तथा खेलकुद प्रतियोगिता सञ्चालन गरिने छ ।
फागुन ५ गते ओमसाई पाथीभरा हस्पिटल भन्द्रपुर झापाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन हुनेछ । शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फिजिसियन, दन्त रोग विशेषज्ञद्वा निशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क इसिजी र औपधि वितरण गरिने छ ।
फागुन ६ गते कलाकार सुनिता थेगिम, रगुन षुरुङ, राजेश चाम्लिङ, देवी गौतम, कोमल निरौला र रामवीर लिम्बूको साँगीतिक प्रस्तुती रहनेछ ।
प्रदेशसभा सदस्य गोविन्द गिरीले गर्ने उद्घाटन कार्यक्रम नगर प्रमुख सुर्यप्रसाद पोख्रेल समापन गर्ने जनाइएको छ ।