मोटरसाइकलको स्वामित्व हक दाबी गर्न जिप्रका इलामको सूचना


सेवारो खबर  58 पटक हेरिएको

इलाम: जिल्ला प्रहरी कार्यालय इलामले मोटर साइकलको स्वामित्व अर्थात हक दाबी गर्ने सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयले माघ २६ गते सूचना जारी गर्दै १५ दिन भित्र हक दाबी गर्न अनुरोध गरेको छ ।

सवारी धनी खोजतलास गर्दा प्रहरीको सम्पर्कमा नआएकाले जिल्ला प्रहरी कार्यालय तथ मातहतका कार्यालयको गोदाममा रहेका ३६ थान मोटरसाइकलको स्वामित्व दाबी गर्न प्रहरी नायब उपरिक्षक प्रकाश जबेगुले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

कार्यालय परिसरमा अनावश्यक रुपमा बेवारिसे अवस्था रहेका सवारी साधनको व्यवस्थापन गर्न तालुक कार्यालयबाट भएको निर्देशन अनुसार स्वामित्वा दाबी गर्न सरकारी सम्पत्ति तथा जिन्सी माल समान लिलाम बिक्री सम्बन्धि कार्यविधी २०७९ को परिच्छेद ३ दफा २० सूचना जारी गरिएको बताइएको छ ।

सूचना:

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार