इलामका सुरक्षाकर्मीलाई विपद व्यवस्थापन सामग्री बितरण


सेवारो खबर  216 पटक हेरिएको

इलाम:डिभिजन वन कार्यालय इलामले मंगलबार विपद व्यवस्थापन सामग्री बितरण गरेको छ । कार्यालयले सशस्त्र प्रहरी वल इलाम र नेपाली सेनाको रणशार्दुल गणलाई सामग्री उपलव्ध गराइएको हो ।

वन जंगलमा हुने डढेलो वा आगलागी नियन्त्रणका गर्न चाहिने विभिन्न उपकरण हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ ।

चुरे उत्थानशील आयोजना मार्फत उपलव्ध भएका सामग्रीहरुमा सिक्कल, खुर्पा, बोस , हाते आरा (ठूलो, सानो) बञ्चरो, सावेल, गैती, दाँते (रेक) सेफ्टी बेल्ट, हेल्मेट, हेण्ड ग्लोव, प्राथमिक उपचार सामग्रीको बाकस रहेका हस्तान्तरण गरिएको छ ।

अन्य सामग्रीमा उध्याउने ढुंगा, डिभार्किङ रड, पावर चेनस, फेस मास्क, वाटर जेट व्याग, फायर फ्ल्यापर, फायर सुट सेट, टर्च लाइट, फायरएस्टीङ्गर लगायतका सामग्री रहेका छन् ।

प्राप्त सामग्री चुलाचुली र माई क्षेत्रमा रहेका ससस्त्र क्याम्पमा राखिने बताइएको छ । यस्तै सामग्री नेपाल प्रहरीलाई समेत दिइने सूचना अधिकारी गजेन्द्र श्रेष्ठले जनाकारी गराए ।

डिभिजन वन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ससस्त्र प्रहरी उपरिक्षक द्रोण विष्ट र रणशार्दुल गणका गणपति कर्णेल प्रल्हाद घलेलाई सामग्री हस्तान्तरण गरेका हुन ।

फागुन चैत्र बैशाख महिनामा चुरै क्षेत्रमा रहेका घना वन जंगलमा आगलागीको समस्या समाधानमा सहयोग मिल्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार