माङसेबुङः इलामको माङ्सेबुङमा स्वतन्त्र पहिचानवादीको पहिलो चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभाका बत्ताहरुले पहिचान र अस्तित्व रक्षा गर्न पहिचान पक्षधरको साझा उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई जिताउँन आग्रह गरे ।
निर्वाचन चुनाव प्रचारप्रसार समिति माङसेबुङले गरेको सभामा बोल्दै एकला जातीय ढंगले चलिरहेको शासन विरुद्व सबैको पहिचान र अस्तित्वको रक्षा गर्न पहिचान पक्षधरलाई बिजयी विजयी गराउँनु पर्नेमा जोड दिए ।
कार्यक्रममा धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ प्रस्तावित राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ट नेता सञ्जुहाङ पालुङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’, किरात याक्थुङ चुम्लुङका सङघीय अध्यक्ष प्रेम येक्तेन, पहिचानका लागि युवा केन्द्रीय सहसंयोजक बीरहाङ आङदेम्बे, नागरिक उन्मुक्ति पार्टीका बरिष्ठ नेता ज्ञानबहादुर गुरुङ, जसपा नेपाल राष्ट्रिय युवा समिति अध्यक्ष जेन्टल लावती, किरात राई यायोख्खाका केन्द्रिय उप-महासचिव अर्जुन जुम्नेली, कोचिला संघर्ष समितिका अध्यक्ष टिनारायण चौधरीले कोशी प्रदेश नाम एकल जातिय एकल गोत्रीय ढंगले राखिएको छ, यो नाम खारेज गरेर पहिचानको आधारमा, संस्कृति सभ्यता र भाषाको आधारमा अस्तित्वको आधारमा नामाकरण गर्नुपर्ने बताए ।
किसन खजुमको अध्यक्षतामा भएको कार्यक्रममा मोडल तथा नायिका सिर्जना निङलेकु, गायक टिकाहाङ लिम्बू, गायिका सबिना योङहाङ, गायक सिदान्त खड्का, गायक कञ्चन थलङ, गायिका तिर्सना नेम्बाङ, गायिका दिपा सुहाङ र गायिका सुनिता थेगिम लगायतले सांगितिक मनोरञ्जन समेत दिए ।
साझा उम्मेदवार बनेका थेगिमले किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय अध्यक्ष र फाल्गुनन्द स्मृति प्रतिष्ठानको अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेको कार्यक्रममा औचित्य मन्तव्य रामभक्त कुरुम्बाङ, स्वागत मन्तव्य गुल्सन आङबुहाङ तथा रविन कुरुम्बाङ र अर्जुन सङबाङफेले सञ्चालन गरेका थिए ।