मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गरौं-आयुक्त तुलाधर


सेवारो खबर  109 पटक हेरिएको

इलामः निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले सबै पक्षले निर्वाचन सम्पन्न सहयोग गर्नु पर्ने बताइन् । उनले इलाम २ मा हुन लागेको उपनिर्वाचनको मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै निर्वाचन सफल बनाउँन सबैले सहयोग गर्न आग्रह समेत गरिन् ।

आयुक्त तुलाधरले निर्वाचन सफल बनाउन बिशेषत राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी र आम सर्वसाधारणको ठुलो हात हुने भएकोले स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउनु पर्नेमा जोड दिइन् ।

निर्वाचन सम्पन्न गर्ने सबै पक्षले निर्वाचन आचार संहिता पालना गरेर अघि बढ्नु पर्ने बताइन् ।

उनले इलाम बजार स्थित बार एसोसिएसनको भवनमा स्थापना गरेको कार्यालयको उद्घाटन समेत गर्दै निर्वाचन तालिका अनुसार नै कार्यालय स्थापना भएको जानकारी गराइने ।

इलाममा निर्वाचन गर्न र गराउन सुरक्षाका हिसाबले कुनै चुनौती नरहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यादवले निर्वाचन सम्पन्न गराउन तीन हजारको हारहारीमा सुरक्षाकर्मी खटाउने जानकारी गराए ।

कार्यालय उद्घाटन समारोहमा सहभागी राजनीतिक हलका प्रतिनिधिले निर्वाचनमा खट्ने कर्मचारीहरू मर्यादित हुनुपर्नेमा जोड दिदै मतदान गर्ने कर्मचारीलाई निर्वाचनमा खटाउन नहुने विषयमा ध्यान पुर्‍याउन सुझाए ।

उपनिर्वाचन कार्य तालिका अनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचनका लागि आयोगमा लागि २० दल दर्ता भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार