इलाम २ उपनिर्वाचनका लागि ८ स्वतन्त्र सहित २० जनाको उम्मेद्वारी दर्ता

उम्मेद्वारको नामवलाी सहित


सेवारो खबर  145 पटक हेरिएको

इलामः इलाम २ को प्रतिनिधि सभाको उपनिर्वाचनका लागि ८ स्वतन्त्र सहित २० जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।

आउँदो वैशाख १५ गते हुने निर्वाचनमा भाग लिन उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेद्वारी दर्ता गर्नेहरूमा नेपाली कांग्रेसका तर्फबाट डम्बरबहादुर खड्का, नेकपा एमालेबाट सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङहाङ लिम्बू रहेका छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट जीतबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त बिक्रम शाहले उम्मेद्वारी दर्ता गराएका छन् ।

नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुुर दर्जी, मंगोल नेशनल अर्गनाइजेसनबाट मणिकुमार लिम्बू, नेशनल रिपब्लिक नेपालबाट धनराज रानामगर, नेपाली जनता दलबाट उम्म्द्वारी दर्ता गराएका छन् ।

उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिनेहरूमा पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह थेगिमले उम्मेद्वारी दर्ता गराएका छन् ।
यस्तै अन्य स्वतन्त्र उम्मेद्वार दर्ता गर्नेहरूमा राज बश्याल, योगेन्द्र गुरूङ, मनोज निरौला, अर्जनकुमार शाही, केशवकुमार चापागाई, डाकप्रसाद गौतम र दिपेश बोहोरा रहेको जनाइएको छ ।

उम्मेद्वारको नामावली:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार