इलाम: इलाम २ प्रतिनीधिसभा उपनिर्वाचनका लागि ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ ।
उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ मतदाताले मतदान गर्न पाउँने निर्वाचन आयोगले जनाएको छ ।
तोकिएको मतदान केन्द्रमा बैशाख १४ गते १८ वर्ष उमेर पूरा भएका सबै मतदाताले मतदान गर्न पाउने जनाइएको छ । यो व्यवस्था अहिलेसम्मको नयाँ भएको बताइएको छ ।
इलाम नगरपालिकाको १० नम्बर वडा बाहेक र देउमाई नगरपालिका, माई नगरपालिकाका वडा ६, ७, ८, चुलाचुली, माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकाका गरी जम्मा ४२ वटा वडा रहेका छन् ।
आठ सय ९४ कर्मचारी खटिने मतदान केन्द्रमा तीन हजार सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराए ।